
नन्दलाल खरेल


गुलाब फुलेछ आज
दल दर्ताको बगैँचामा
हिजो बन्दुक बोकेको हातमा
आज प्रमाणपत्र झुलिरहेछ काँधमा।१।


विप्लवका हाँसोमा
नयाँ अठोटको रस देख्छौ
विश्वासको बास्ना भन्छन
तर जनता सोध्छन्, “पुरानो काँडा कहाँ फेक्छौँ?”।२।

गुलाबलाई चिन्ह बनाएछन्
बहुदलीय राजनीति सजाउन
लाल झण्डाको लहरमा
अब गुलाबी स्वप्न हाल्न।३।
पत्रकारलाई भन्छन्
“नयाँ अभियान हो, साथ दिनुहोस्!”
तर जनता भन्छन्
“पानस, मादल, हात–कुटो सकिए,
अब गुलाब पनि भोट माग्न आउँछ?”।४।
क्रान्तिको बाटो
घुमेर फेरि आयोगमै पुग्यो
पहिले ‘जनयुद्ध’को धुन थियो
अब ‘प्रमाणपत्र’को नयाँ दुल्यो।५।
गुलाब छापिएछ मतपत्रम
तर काँडा कसरी लुक्ला?
नेता बदलिन सक्छन्
तर शैली बदलिन सक्ला?।६।
यही देशको राजनीतिक बगैँचामा
दिने हो भने नयाँ फूलहरू फुलाउन
पहिले माटो बदल्नुपर्ला
नत्र हरेक नेता
गुलाबै भएर फुल्छ
फर्केर उही काँडा झार्न आउँछ।७।


