
बिगत लामो समयदेखि नेपालको भाषा, संस्कृति, राष्ट्रिय पोशाक,राष्ट्रिय झण्डा दिवस मौलिक पहिचानको संरक्षणमा अध्ययनरत माण्डव्यले भजनमा आफैले शब्द रचना र लय सहित आफ्नै स्वर भरेका छन । संगितकार राजेन्द्र बजगाईले आफ्नै म्युजिक किचेन स्टुडियो मार्फत संगित भरेका छन भने सुमन बजगाईले फोटोसुट नेपाल मार्फत भिडियो छायांकन तथा सम्पादन गरेका छन ।
पवित्र देवघाट धाममा छायांकन गरिएको उक्त भजनमा श्रद्धेय बिदुषी माता ताराजि, श्रद्धेय ईश्वरकृष्ण महाराजजिले आयोजना गर्नु भएको देवघाट महा–महोत्सव देवघाटमा भिडियो मार्फत श्रद्धालु भक्तजन र धर्मका अनुरागीहरुलाई धन,सम्पती मात्र केही हैन भगवानको नाम नै जिवनको मुल सम्पती रहेको सन्देश दिन खोजिएको छ । माण्डव्यले बिगतका बर्षहरुमा हिमवत्खण्ड नेपाल माहात्म्य, आध्यात्मिक प्रवचन मार्फत नेपालको सम्पदाको जागरणमा निरन्तर अभियान गर्दै आउनुभएको छ । भजनलाई गुरुकुल प्रोडक्सन युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ भने राष्ट्रिय पोशाक घर, राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल, माण्डव्य ग्रुप अफ कम्पनिज, जरा ग्रुप लगायतले सहकार्य गरेका छन ।


हेर्नुुस भिडियो>
बिज्ञापन





