काभ्रेपलान्चोक – नेपाली सेफहरूकाे साझा संस्थाकाे रूपमा स्थापित ग्लाेवल नेपालीज सेफ फेडरेसनकाे मानर्थ अध्यक्षकाे पदवि सेफ्स एशाेसिएसन अफ नेपालका नवनिर्वाचित अध्यक्ष श्याम लामालाई दिईएकाे छ ।

काठमाडौंको साेल्टि हाेटलमा गरिएकाे एक कार्यक्रममा फेडरेसनका महासचिव सेफ माेहन गजुरेलले एशाेसिएसनका अध्यक्ष श्याम लामालाई उक्त पदविले सम्मान गर्नुभयकाे थियाे ।

मनार्थ अध्यक्षको पदवी दिनुकाे उदेश्य
नेपाल तथा बिश्वभर छरिएर रहेका सेफहरुको साझा फुलवारी, सेफ जगतकै सम्मानित , अग्रणी र अभिभावक संस्थाहरू मार्फत भाईचारा र आपसि सहकार्यमा कार्यक्रम वनाउने,सेफहरुको कुनै जात, धर्म र भुगोल हुदैन भन्ने मान्यता तथा नेपाली सेफ जगतमा सदैब आपसी भाइचारा , मित्रता, सद्भाव र सहयोगको भावना कायम रहोस भन्ने पबित्र भावले सेफहरुलाई गोलबद्ध गर्ने र अझै समाजिक उदरदाहित्व बहन गर्दै राष्टिय तथा अन्तराष्टिय स्तरमै नेपाली सेफ र यसको गौरबलाई अभिबृद्धि गर्नु हामी सबैको साझा प्रयास र ब्यवसाहिक प्रतिबद्धता रहेकोमा दुइ मत छैन ।

अत् , नेपाली सेफ, अग्रज सेफहरुको त्याग, बलिदान र समर्पण , हाम्रा साझा अभियान र सहकार्य तथा एकता , नेपाली मौलीक परिकारको बिश्व बजारीकरण र प्रवर्दनमा समेत हातेमालाे गर्ने,सेफ फर सेफ भन्ने मुल मन्त्रको सार्थकता लाई जिवित राख्न सम्मान गरिएकाे महासचिव गजुरेलले वताउनु भयाे ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..