रास्वपाको विस्तारित बैठक आजदेखि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक आजदेखि सुरु हुँदैछ । चितवनको सौराहामा हुने बैठकले पार्टीको आगामी रणनीति तय गर्ने बताइएको छ । बैठकमा पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी हुने पार्टी सचिवालय सदस्य हरि ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार, बैठकमा पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक, उपसभापति डा. स्वर्णिम बाग्लेले आगामी निर्वाचनका लागि वाचापत्रको मस्यौदा पेस गर्ने कार्यसूची छ ।

बिज्ञापन

बैठकमा प्रदेश सभापतिहरूले प्रदेशभित्रका जिल्लाको पार्टी संगठनको अवस्थाबारे ब्रिफिङ गर्नेछन् ।