साहित्य महोत्सवमा कविता/गजल प्रतियोगिता सम्पन्न

 

काठमाडौँ। नेपाल प्रहरी शिक्षालयमा संचालन भइरहेको प्रहरी नायब निरीक्षक (प्र.स.नि.) आधारभूत तालिम २–१८०औँ समूहका प्रशिक्षार्थीहरूको अन्तर्निहित प्रतिभा पहिचान र प्रस्तुतीकरण गर्ने उद्देश्यले आयोजित Literature Festival अन्तर्गत कविता तथा गजल प्रतियोगिता सम्पन्न भएको छ।

बिज्ञापन

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रहरी शिक्षालयकी प्रमुख एसएसपी तारा देवी थापा रहनु भएको थियो। प्रतिभा अभिव्यक्तिको माध्यम बनेको उक्त कार्यक्रममा प्रशिक्षार्थीहरूले विविध विषयवस्तुमा आधारित सिर्जनात्मक कविता तथा गजल प्रस्तुत गरेका थिए।

कार्यक्रममा वक्ता तथा निर्णायकको रूपमा
– कविडाँडा साहित्य समाज चितवनका अध्यक्ष एल. बी. क्षेत्री,
– लेखक तथा समालोचक उदय अधिकारी,
– अक्षर समूह चितवनका पूर्व अध्यक्ष रमेश प्रभात,
– अक्षर समूह चितवनका सचिव तथा एकान्तवास पुस्तकका लेखक विनोदबाबु रिजाल,
– पठन संस्कृति अभियन्ता तथा सम्पुर्ण किताब नारायणगढका सञ्चालक, अक्षर समूह चितवनका अध्यक्ष लेखराम सापकोटा
लगायत साहित्यिक व्यक्तित्वहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

साहित्य, सिर्जनशीलता र भाषिक अभिव्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले गरिएको यो कार्यक्रम प्रशिक्षार्थीहरूको मनोबल वृद्धि र सिर्जनात्मक क्षमताको विकासमा महत्वपूर्ण रहेको आयोजकहरूले बताएको छन्।