काभ्रेपलान्चोक – भर्खरै सम्पन्न जिल्ला समन्वय समितिको निर्वाचनमा गठबन्धनको तर्फबाट नेकपा एकिकृत समाजवादी पार्टीको दिपक गौतम प्रमुख बन्नु भएको छ । समन्वय समितिका प्रमुख बनेका गौतमले आज पत्रकार सम्मेलन गरि जिल्ला भरिका गुनासोहरु सुन्नु भएको छ ।

जिल्लाका संचारकर्मीहरुसँगको भेटमा गौतमले आफुलाई जुन पार्टीले टिकट दिएपनि जुन जुन पार्टीहरुले मत दिएपनि आफुले पाँच बर्षे कार्यकालमा जनताको र यो उ नभनी सबै पार्टीहरुको काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ । गौतमले आफुले नीतिगत रुपमा पाएका अधिकारहरुलाई कार्यान्वयन गर्न दिन रात खट्ने प्रतिबद्धता जनाउनु भएको छ । 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..