
जीवन भुजेल / बनेपा १०, काभ्रेपलान्चोक


आज समाजभरि जाली–फटाहा, ठगी गर्ने र दुईनम्बरी काममा लागेकाहरू दिनदिनै बढ्दै छन्। जंगलदेखि बस्तीभित्र, बाटो–घाटदेखि मन्दिर र सार्वजनिक जग्गासम्म—कुनै ठाउँ बाँकी छैन जहाँ यिनको निगाह नपरेको होस्।


तर यति धेरै अन्याय र गलत काम भइरहेका छन्, सबै किन चुप छन्?
किन आजभोलि कसैको आवाज उठ्दैन?

जनता एक–अर्कालाई दोषारोपणमै व्यस्त छन्। नेता र कार्यकर्ता साना विषयमा गाली–गलौज गर्दै राजनीति गर्छन्। उता नेताहरू पद र प्रतिष्ठाको दौडमा छन्, तर समाजका वास्तविक समस्या भने बेवास्ता भएका छन्।
यस्तो परिवेशमा समाज बिनाशको दिशातिर धकेलिँदै छ। अपराधी बढ्दै छन्, तर सत्य बोल्ने मानिस घट्दै छन्।
अब चुप बस्ने समय बितिसक्यो।
जाली–फटाहाका गतिविधि खुलाउन, समाजलाई चेताउन र गलत काम रोक्न सबैले आफ्नो–आफ्नो भूमिका निभाउनु जरुरी छ।
अन्ततः, मौनता नै सबैभन्दा ठूलो समस्या हो—र यो मौनता अब तोड्नैपर्ने छ।


