बढ्दै हैजा सङ्क्रमण, सरसफाइमा ध्यान दिउँ
अहिले हैजा सङ्क्रमण देशभर जस्तै बढीरहेको छ । यो समयमा हैजाको प्रकोप बढी नै हुने गर्दछ । स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)का अनुसार आईतबार मात्रै प्युठानमा दुई जनामा हैजा पुष्टि भएको छ । गौमुखी गाउँपालिकाको वडा नम्बर ५ का दुई जना बिरामीमा हैजा पुष्टि भएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला लुम्बिनीका प्रमुख राजेश कुमार गुप्ताले बताए ।
...