रोशी गाउँपालिकाको बार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न
काभ्रे । जिल्लाको रोशी गाउँपालिकाको बार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ । आर्थिक बर्ष २०८०÷०८१ मा रोशी गाउँपालिका र वडा कार्यालय मार्फत सम्पादित क्रियाकलापहरूको बार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको हो।
शुक्रबार गाउँपालिका अध्यक्ष दिनेश लामाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा अध्यक्ष लामाले समृद्ध रोशी निर्माणका लागि सबै पक्ष लाग्न अनुरोध गरेका छन् । ‘समृद...