एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक ललितपुरमा सुरु

पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको यो दोस्रो पूर्ण बैठक हो । बैठकको आरम्भमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक घटनाक्रम, पार्टीले खेलेको भूमिका, आमनिर्वाचन तथा त्यसको तयारीका विषयमा सम्बोधन गर्ने केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिए ।

एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक यही पुस ४ गते काठमाडौँमा सम्पन्न भएको थियो ।

बिज्ञापन