रास्वपासँग कुलमानबीच एकताको सहमति अन्त्य

# रास्वपासँग कुलमानबीच एकताको सहमति अन्त्य
काभ्रे प्रेस
काभ्रे प्रेस || शनिबार, पुष २६, २०८२
रास्वपासँग कुलमानबीच एकताको सहमति अन्त्य

उज्यालो नेपाल पार्टीले रास्वपामा वरिष्ठ उपसभापति पद कुलमान घिसिङलाई दिनुपर्ने, उपसभापति बाहेक थप तीन पदाधिकारी तथा एक महामन्त्री आफ्नो पार्टीको भागमा पर्नुपर्ने प्रस्ताव अघि सारेको थियो। साथै आसन्न निर्वाचनमा प्रत्यक्ष उम्मेदवारीका लागि सिट तोकेरै अघि बढ्नुपर्ने माग पनि उज्यालो नेपालको थियो। तर यी मागमा रास्वपा नेतृत्व सहमत हुन सकेन।

त्यस्तै, भविष्यमा सरकार गठन हुँदा सृजना हुने राज्यका विभिन्न अवसरहरूमा अहिले नै भागबण्डा गरेर अघि बढ्नुपर्ने धारणा कुलमान पक्षले राखेको थियो। यस्ता शर्तहरूमा सहमति नबनेपछि दुई पार्टीबीचको सहकार्य औपचारिक रूपमा अन्त्य भएको घोषणा मात्रै बाँकी रहेको उज्यालो नेपाल पार्टीका नेताहरूले बताएका छन्।

यसअघि मन्त्रीपदबाट राजीनामा दिएका कुलमान घिसिङले रास्वपा सभापति रवि लामिछानेसँग पटक–पटक छलफल गरेका थिए। राजीनामा दिने क्रममा उनले आफू कुनै पनि पार्टीको सदस्य नभएको र रास्वपासँग भएको समझदारी कार्यान्वयनको चरणमा नपुगेको स्पष्ट पारेका थिए।

बिज्ञापन

रास्वपाले भने यो अभियान देश परिवर्तनका लागि भएको भन्दै एक निर्वाचन र त्यसको उपलब्धिमै छलफल सीमित गर्न नहुने अडान दोहोर्‍याउँदै आएको छ। यसैबीच पछिल्लो घटनाक्रमलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीले आकस्मिक सचिवालय बैठक बोलाएको छ।

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up