विशेष महाधिवेशन : संस्थापन पक्षका नेताहरू पनि भृकुटीमण्डपमा

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन यतिखेर भृकुटीमण्डपमा जारी छ । आज महाधिवेशनको पहिलो दिन नेताहरुको सहभागिता हुने क्रम जारी नै छ ।

यसैबीच, कांग्रेस पूर्वउपभापति गोपालमान श्रेष्ठसहित चुनावअघि महाधिवेशनका पक्षमा खुलेका संस्थापन पक्षका केन्द्रीय सदस्यहरू पनि विशेष महाधिवेशनमा पुगेका छन्।

बिज्ञापन

संस्थापन पक्षका केन्द्रीय सदस्य तारामान गुरुङ, डिला सङ्ग्रौला, चिनकाजी श्रेष्ठ, पुष्पा भुसाल, कर्ण मल्ल, अर्जुन जोशी, राजन केसीलगायत पुगेका छन्।