माधवराज खरेल निर्देशित ‘चिठ्ठी’ भदौ २० मा
काठमाडौं,
असार २७ ।
माधवराज खरेलद्वारा निर्देशित चलचित्र ‘चिठ्ठी’ आगामी भदौ २० गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ । एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रको निर्माण सञ्चारकर्मी कमला जोशीले गर्नुभएको हो भने वितरणको जिम्मेवारी कुवेर सिने डिष्ट्रिब्युशनले लिएको छ ।
केही समयअघि काठमाडौंमा विशेष प्रदर्शनी गरिएको यो चलचित्रप्रति दर्शकले देखाएको माया र प्रतिक्रिया सकारात्मक रहेक...