
नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान कार्कीले पदोन्नति भएका ३ जना प्रहरी अधिकृतहरूलाई विशेष समारोहमार्फत दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। सरकारको मंसिर ८ गतेको निर्णयअनुसार एआईजीमा १ जना र डिआईजीमा २ जनासहित कुल ३ अधिकारी पदोन्नति भएका हुन्।


दर्ज्यानी चिन्ह प्राप्त गर्नेहरूमा एआईजी ईश्वर कार्की, डीआईजी विश्व अधिकारी, र प्राविधिक डीआईजी ई. राम कुमार चौधरी रहेका छन्।
बिज्ञापन


कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नविना कार्कीले परिवारजनलाई बधाई दिँदै शुभकामना व्यक्त गरिन्। सो अवसरमा आईजीपी कार्कीले पदोन्नति पाएका अधिकृतहरूलाई बधाई दिंदै उनकै व्यावसायिक निष्ठा, कार्यकुशलता र नेतृत्व क्षमताले संगठनमा थप प्रभाव पार्ने विश्वास व्यक्त गरे।



