काभ्रेपलान्चोक – नेकपा (माओवादी केन्द्र)ले काभ्रे जिल्लाको विभिन्न पालिकाकाहरुको इन्चार्ज तोकिएको छ । वागमती प्रदेशको बुधबार र विहिबार बसेको बैठकले काभ्रे सहित प्रदेश भरिकै पालिकाको इन्चार्ज तोकिएको हो ।
काभ्रेको १३ पालिका मध्य १२ वटा पालिकाको मात्र इन्चार्ज तोकिएको माओवादी केन्द्र स्रोतले जनाएको छ । सोही क्रममा महाभारत गाउँपालिकामा सुजन लामा, खानीखोलामा मिना पाख्रिन, रोशी गाउँपालिकामा तिलकबहादुर तामाङ, तेमाल गाउँपालिकामा दलमान थोकर, बेथानचोक गाउँपालिकामा मर्दन सिं तामाङ, चांैरीदेउराली गाउँपालिकामा विष्णु गौतम अडिग, भुम्लु गाउँपालिकामा जनक भण्डारी, पनौती नगरपालिकामा होमबहादुर खुलाल, धुलिखेल नगरपालिकामा यादव ढुंगेल, बनेपा नगरपालिकामा गोपाल घिमिरे, नमोबुद्ध नगरपालिकामा टासी लामा, मण्डनदेउपुर नगरपालिकाा ध्रुव काफ्लेलाई इन्चार्ज तोकिएको छ । पाँचखाल नगरपालिकामा तोक्न सकेको छैन ।
माओवादी केन्द्रले प्रदेश कमिटी सदस्यलाई पालिका इन्चार्ज तोक्ने भनिएता पनि केही इन्चार्जहरु भने पार्टीको कुनै पनि तहको संगठनमा नरहेकाहरु समेत परेका छन् । उनीहरुलाई प्रदेश कमिटी प्रतिनिधिको रुपमा तोकिएको जनाएको छ ।
यसैबीच प्रदेश कमिटी बैठकले काभ्रेका ६ जनालाई सचिवालय सदस्यमा चयन गरेको छ । जसमा दिनानाथ गौतम (प्रयाय), गंगा बहादुर तामाङ (बमध्वज), मिम बहादुर वाईवा (ज्वाला), दैवलाल घिसिङ (अनुशील), भोलाप्रसाद अर्याल र रेणुका चौलागाईं रहेका छन् ।
जिल्ला समन्वय समितिको संयोजक र सचिव, प्रतिनिधि सभा र प्रदेश सभा समन्वय समितिको संयोजक र सचिव पनि तोक्न सकिएको छैन । आकांक्षीहरु धेरै भएकोले तोक्न नसकिएको जनाएको छ । – तेमाल अनलाइन बाट साभार

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly