

भक्तपुर/फागुन ३० गते शनिबार
ग्लिटर फ्युचर स्कुलको आयोजनामा नेसनल प्याव्सन भक्तपुरको अन्तर-विद्यालय वादविवाद प्रतियोगिता २०८२ भव्यताका साथ सम्पन्न भयो ।

दुई श्रेणी कक्षा ६ र ७ काे छुट्टाछुट्टै सञ्चालन गरिएकाे कार्यक्रममा कक्षा ६ र ७ का विद्यार्थीहरुले आफ्नो प्रतिभा, आत्मविश्वास, ज्ञान र क्षमतालाई वाककलाको माध्यमबाट प्रस्तुत गरेका थिए ।


प्रतियोगितामा मदरल्याण्ड स्कुलकी समृद्धि कपाली कक्षा ७ को श्रेणीबाट विजेता बन्न सफल भइन् । त्यसै गरी पहिलो उपविजेता बिमल मेमोरियल स्कूलकी प्रविधी खड्का, दोस्रो उपविजेता आरक्षण नेसनल स्कुलकी इशानी पुरी र तेस्रो उपविजेता संस्कार गुरुकुल स्कूलकी आयुषा पराजुली हुन सफल भएका थिए ।
वादविवाद प्रतियोगिताको कक्षा ६ तर्फको श्रेणीमा पाथिभरा स्कूलकी प्रत्युषा श्रेष्ठ विजेता, पहिलो उपविजेता बिमल मेमोरियल स्कूलकी प्रिन्शा देउजा, दोस्रो उपविजेताआरक्षण नेसनल स्कुलकी युनिषा खत्री र तेस्रो उपविजेता संस्कार गुरूकुल स्कुलका ऋषभ अधिकारीले उपाधी पाउन सफल भएका थिए ।
आयोजक विद्यालय ग्लीटर फ्युचर स्कुलका प्रिन्सिपल एवं नेसनल प्याव्सन भक्तपुरका उपाध्यक्ष राम प्रसाद खाताखोको सभापतित्व सम्पन्न अन्तर विद्यालय वादविवाद प्रतियोगिता कार्यक्रमका प्रमुख अतिथि नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले आयोजक विद्यालयलाई धन्यवाद व्यक्त गर्दै विजेता विद्यार्थीहरुलाई पुरस्कृत गर्नु भएको जानकारी आयोजक विद्यालयका सह प्रिन्सिपल जिवेश सिटिखुले दिनु भएको थियो ।


