काभ्रेपलान्चोक – देश भर आजदेखि सोमबारसम्मै ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मनसुन थप सक्रिय हुनेबारे यसअघि नै विशेष बुलेटिन निकालेर जानकारी गराएको थियो ।

तीन दिनको मौसमी पूर्वानुमान बुलेटिनमा लेखिएअनुसार आगामी चौबिस घण्टाको अवधिमा प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना छ । पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम समेत रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..