काभ्रेमा पहिलो पटक डजबल प्रतियोगिता आयोजना

काभ्रेमा पहिलो पटक डजबल प्रतियोगिता आयोजना

बनेपा, काभ्रे। ज्योति एकेडेमी अंग्रेजी माध्यमिक विद्यालय, बनेपा–८, काभ्रेको आयोजनामा वार्षिक खेलकुद महोत्सव–२०८३ भव्य रूपमा उद्घाटन भएको छ।

बिज्ञापन

विद्यार्थीहरूमा खेल भावना, सामूहिक कार्य, अनुशासन, एकता र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवको उद्घाटन समारोह उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको हो।

कार्यक्रम विद्यालयका अध्यक्ष त्रिरत्न मानन्धरको सभापतित्वमा सम्पन्न भएको थियो। महोत्सवमा विद्यार्थीहरूले विभिन्न खेलकुद प्रतियोगितामा उत्साहका साथ सहभागिता जनाएका छन्।

यस वर्षको महोत्सवको विशेष आकर्षणका रूपमा काभ्रेमा पहिलो पटक डजबल प्रतियोगिता आयोजना गरिएको छ। नयाँ खेलको समावेशले विद्यार्थीहरूमा थप उत्साह र खेलप्रतिको आकर्षण बढाएको विद्यालयले जनाएको छ।

महोत्सवले विद्यार्थीहरूमा लुकेका प्रतिभा उजागर गर्नुका साथै आत्मविश्वास, सहकार्य र खेलकुदप्रतिको लगाव विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

विद्यालयले महोत्सव सफलताको शुभकामना व्यक्त गर्दै विद्यार्थीहरूलाई जोशका साथ खेल्न, आत्मविश्वासका साथ प्रतिस्पर्धा गर्न र खेल भावनाका साथ विजय हासिल गर्न आह्वान गरेको छ।