भक्तपुर । आज विहिबारदेखि आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव सुरु भएको छ । महोत्सवको चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्रीले एक समारोहकाबीच उद्घाटन गरेका छन् ।
औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डले आयोजना गरेको महोत्सव सल्लाघारीस्थित तीनकुने चौरमा ११ दिनसम्म संचालन हुनेछ ।
नयाँ वर्ष र विस्काः जात्राको अवसर पारेर विगतका वर्षदेखि नै यस्तो महोत्सव आयोजना हुने गरेको औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतले जानकारी दिएका छन् । बैशाख २ गतेसम्म महोत्सव आयोजना हुने र ३ गते नेपाली भाषी भारतीय गायक विपुल क्षेत्रीको विशेष सांगीतिक कार्यक्रम हुने महतले बताए ।
“कृषि, पर्यटन, दैनिक जीवनका उपभोग्य सामाग्री, लत्ताकपडा, जुत्ता, हस्तकलाका सामाग्री लगायतको करिव २ सय स्टल रहनेछ,” मेला आयोजक समितिका संयोजक दीपक थापाले भने । कपडा, भान्सामा प्रयोग गरिने सामाग्री, स्थानीय उत्पादन, खानाका परिकारसहितका स्टल रहेको छ ।
महोत्सवको आकर्षणमा बालबालिकाको मनोरञ्जनका लागि रोटेपिङ, ब्रेकडान्स लगायत विभिन्न खेलहरु खेल्ने सकिनेछ । त्यसै क्रममा दैनिक राष्ट्रिय स्तरका कलाकारको उपस्थितमा विभिन्न साँस्कृतिक कार्यक्रम समेत हुने आायोजकले जानकारी दिएको छ ।
ज्येष्ठ नागरिकलाई प्रवेश शुल्क नलाग्ने महोत्सवमा विद्यार्थीलाई रु ५० र सर्वसाधरणलाई भने रु.७० को टिकट लाग्ने संयोजक थापाले बताए । करिब ५ लाखले महोत्सवको अवलोकन गर्ने आयोजकले अपेक्षा लिएको छ ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..