उच्च जोखिमका घरमा नबस्न मेलम्ची नगरपालिकाको आग्रह

उच्च जोखिमका घरमा नबस्न मेलम्ची नगरपालिकाको आग्रह
काभ्रेपलान्चोक - सिन्धुपाल्चोकको मेलम्चीमा माथिल्लो भेगको अवस्था मूल्याङ्कनका लागि पहल सुरु भएको छ । माथिल्लो भेगमा पहिरोको अवस्था तथा तल्लो तटीय क्षेत्रमा बाढीले गरेको क्षति र नदीको कटान रोक्न तथा क्षति न्यूनीकरण गर्न सम्बन्धित विज्ञसँग सुझाव लिन थालेको मेलम्ची नगरपालिकाले जनाएको छ । केन्द्र, प्रदेश सरकार र सरोकारवाला निकायसँगको समन्वयमा आवश्यक बाढी प्रभावितका लागि बसोबासको व्यवस्थासहितका आवश्...

माडीका सुकुम्बासी भन्छन्- हामीमाथि राजनीति भयो, साढे ५ हजारले पाउँदै थिए जमिन

माडीका सुकुम्बासी भन्छन्- हामीमाथि राजनीति भयो, साढे ५ हजारले पाउँदै थिए जमिन
सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेपछि माडीका सुकुम्बासी तथा अव्यवस्थित बसोबासी थप अन्योलमा छन् । माडीमा ५ हजार ४ सय ५८ जनाले लालपुर्जाका लागि फाराम भरेका थिए । वर्षौंदेखि जग्गाको स्वामित्व पाउने आशमा रहेका भूमिहिनहरु आयोग खारेज भएको खबरले दुःखी छन् । यसपटक भूमि आयोगका अध्यक्ष चितवनकै नेता देवी ज्ञवाली भएकाले पनि उनीहरुले जग्गा पाउने आशा गरेका थिए । बाँदरझुला सुकुम्बासी संघर्ष...

मिस कोशीमा ३० जना छनौट

मिस कोशीमा ३० जना छनौट
 अनिल श्रेष्ठ  ,   विराटनगर - विभिन्न चरणको अडिसनदेखि छैठौं संस्करणको मिस कोशी प्रतियोगितामा ३० जना छनौट भएका छन् । विराटनगर र इटहरी भएको पहिलो र दोस्रो चरणको अनलाइन र भौतिक रूपमा लिएको अडिसनबाट ३० जना छनौट भएका हुन् । विराटनगरमा भएको दोस्रो चरणको अडिसनमा ९ जना सहभागि मध्ये ४ जना छनौट भए । यस्तै इटहरीमा भएको पहिलो चरणको अडिसनमा १५ जनामा ९ जना छनौट भएका हुन् । यसअघि सम्पन्न भएको पहिलो चरणक...

नेपाली कथानक चलचित्र ‘ रिभेन्ज ’ टिजर सार्वजनिक

नेपाली कथानक चलचित्र ‘ रिभेन्ज ’ टिजर सार्वजनिक
चलचित्र ‘ रिभेन्ज ’ को टिजर सार्वजनिक गरिएको छ । हिजो रिलिज गरिएको टिजरमा कलाकार रविन श्री लाई केन्द्रमा राखिएको छ । डिएस डिजिटल सिनेमाको ब्यानरमा मोहन गमालको प्रस्तुति रहेको चलचित्रमा प्रेम र द्धन्द्धलाई मुख्य रुपमा केन्द्रित गरेर निमार्ण गरिएको छ । अमन कुमार देवको निर्माण र शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको रिभेन्ज मुविको टिजर ओएस आर डिजिटल बाट रिलिज गरिएको हो । नारी ल...

आमाबाबु विहिन बालबालिकाहरुलाई बनेपामा नि:शुल्क शिक्षा

आमाबाबु विहिन बालबालिकाहरुलाई बनेपामा नि:शुल्क शिक्षा
बनेपा नगरपालिकाले आमाबाबु विहिन बालबालिकाहरुलाई नि:शुुल्क शिक्षा प्रदान गर्ने निर्णय गरेको छ । आमाबाबु विहिन बालबालिकाहरुलाई बागमती प्रदेश सरकारले दिने रकममा थप गरी सहयोग उपलब्ध गराउने गर निशुल्क शिक्षा उपलब्ध गराउने निर्णय गरेको नगर प्रमुख लक्ष्मीनरसिं बादेले बताउनु भयो । ‘नगरले गत बर्ष देखि प्रदेशले प्रदान गरेको रकममा मासिक १ हजार थप गरी तीन हजार प्रदान शुरु गरिएको थियो’–नगर प्रमुख ...

पारसको निर्णय अप्रत्यासित – क्यान अध्यक्ष

पारसको निर्णय अप्रत्यासित – क्यान अध्यक्ष
नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले पूर्व कप्तान पारस खड्काको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा उपयुक्त समयमा नभएको बताउनुभएको छ । क्यानका अध्यक्ष चन्दले सन्यास लिने पारसको निर्णय अप्रत्यासित रहेको भन्दै यस विषयमा क्यानमा छलफल भइरहेको र औपचारिक धारणा आउने राससलाई बताउनुभयो । “पूर्व जानकारी गराएर सन्यास लिएको भए केही फरक परिस्थिति बन्ने थियो, अ...

तारकेश्वर नगरपालिका वडा नम्बर १ मा स्थानीयको सहभागीतामा बिकास

तारकेश्वर नगरपालिका वडा नम्बर १ मा स्थानीयको सहभागीतामा बिकास
राजन थापा काठमाडौं  - काठमाडौं भक्तपुर र ललितपुरमा हेर्न हो भने जताततै धुवा धुलोले भरिएको छ । चारैतिर घर नै घरहरु छन । कमै मात्रमा बोट बिरुवाहरु देख्न पाइन्छ। धेरै ठाउँमा भएका बोट बिरुवाहरुको संरक्षण नगर्दा तिनीहरु पनि संरक्षण बिहिन भएका छन र मर्न अवस्थामा पुगेका छन । काठमाडौं तारकेश्वर नगरपालिका वडा नम्बर १ मा सयौं वर्ष पहिलाको कप्रोको रुखलाई स्थानीयहरु मिलेर लगभग सडक बाट ३० फिट माथि पर्खाल लग...

कक्षा १२ को परीक्षा स्थगित भएको छैन : राष्ट्रिय परीक्षा बोर्ड

कक्षा १२ को परीक्षा स्थगित भएको छैन : राष्ट्रिय परीक्षा बोर्ड
काभ्रेपलान्चोक - राष्ट्रिय परीक्षा बोर्डले परीक्षा स्थगित गर्ने कुनै निर्णय नभएको जनाएको छ । विभागले विद्यार्थीहरुलाई अन्योलमा नपरी परीक्षाको तयारीमा जुट्न समेत आग्रह गरेको छ । बोर्डले परीक्षा स्थगित भएको भन्नेबारे भ्रममा नपर्न पनि आग्रह गरेको छ । कक्षा १२ को परीक्षा आउन अझै दुई साता बाँकी रहेकाले यसबारे हालसम्म कुनै निर्णय नभएको बोर्डले जनाएको हो ।  

राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खरेललाई पाँचखालमा सम्मान

राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खरेललाई पाँचखालमा सम्मान
काभ्रेपलान्चोक - पाँचखालको माटोमा जन्मिएका राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खरेललाई मंगलबार पाँचखालमा सम्मान गरीएको छ । नेपाल मानव अधिकार संगठन पाँचखाल नगरसमितिले पाँचखालमा जन्मिएर मानव अधिकारको क्षेत्रमा कर्मचारीको तर्फवाट सबैभन्दा माथिल्लो पोष्टमा पुगेको भन्दै सम्मान गरेको हो । राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खरेललाई पाँचखाल नगरपालिकाका नगरप्रमुख महेश खरेल, उपप...

कोरोना संक्रमण बढ्न थालेपछि नगरभित्रका विद्यालय बन्द गर्न मण्डनदेउपुरको निर्देशन

कोरोना संक्रमण बढ्न थालेपछि नगरभित्रका विद्यालय बन्द गर्न मण्डनदेउपुरको निर्देशन
काभ्रे (मण्डनदेउपुर) – कारोनाको जोखिम बढ्न थालेपछि जिल्लको मण्डनदेउपुर नगरपालिकाले आफ्नो क्षेत्र भित्रका विद्यालयहरु बन्द गर्न निर्देशन दिएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै नगरभित्रका विद्यालयको पठनपाठन स्थगित गर्न निर्देशन दिएको छ । कोरोना भाईरसको संक्रमण फेरी बढ्दै गएकाले पठनपाठन स्थगित गर्नु परेको प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेले बताए । उनका अनुसार नगरपालिकाभित्रका वि...