काभ्रे, जिल्ला सहकारी संघ लि. को आयोजना तथा काठमाण्डौ विस्व विद्यालय स्कूल अफ एजुकेसनको प्राविधिक सहयोगमा ३ दिने बित्तीय साक्षरता प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न गरेको छ । २०८० साल जेष्ठ १३ गतेबाट सुरु भएको उक्त तालिम आज राष्ट्रिय सहकारी महासंघ लि का सञ्चालक सदस्य डि. बि बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । तालिममा जिल्ला भित्रका २७ जना अधिकृतस्तरका कर्मचारीहरुको सहभागिता रहेको थियो । तालिम जिल्ला सहकारी संघ लि. को आफ्नै नव निर्मित भवनको हलमा भएको थियो । तालिममा बित्तीय साक्षरताका बिज्ञ सनतप्रसाद सापकोटाको प्रशिक्षणमा भएको हो । ३ दिनसम्म चलेको तालिमका क्रममा सहकारी संस्था तथा शेयर सदस्यहरुका बित्तीय व्यवस्थापनका सन्दर्भमा बचत तथा ऋणका बिषयमा कसरी व्यवस्थापन गर्दै लाग्न सकिन्छ भन्ने बिषयसँग सम्वनिधत रहेर सैद्धान्तिक तथा व्यवहारिक बिषयमा छलफल भएको थियो । तालिम निकै सफल भएको र धेरै भनदा धेरै बिषयहरुमा नयाँ नयाँ बिषयमा जानकारी प्राप्त भएको सहभागिद्धारा जानकारी भएको थियो । हाल सहकारी षेत्रमा देखिएका समस्या तथा तरलता अभाव हुन नदिन यस्ता खालका तालिमले महत्वपूर्ण भूमिका निर्बाह गर्ने तालिममा सहभागिहरुले बताएका थिए । तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथीले सिकेको बिषयलाई आफ्ना संस्थामा लगेर व्यबहारमा उतार्न सके संस्था तथा शेयर सदस्यहरुको जीवनमा ठूलो परिवर्तन आउने जानकारी दिदै जिल्ला सहकार।ी संघ लि. ले साधे जस्तो फरक प्रकृतिका कायृक्रमहरु गर्दै सहकारी क्षेत्रलाई टेवा पुर्याइरहेको जानकारी दिनुभएको थियो । कार्यक्रम संघको शिक्षा तथा तालिम व्यवस्थापन उप समिति संयोजक तथा सञ्चालक सदस्य ठाकुरनाथ अधिकारकिो अध्यक्षतामा भएको थियो । कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष दिलिप शर्मा, एन.सि.एस का अध्यक्ष विवेकराज ठकुरी समेत सहभगिात रहेको थियो । तालिम कार्यक्रममा बोल्दै संघका अध्यक्ष दिलिप शर्माले जिल्ला सहकारी संघ लि. ले सहकारी क्षेत्र र त्यसमा कार्यरत कर्मचारहिरुको षमता अभिबृद्धि गर्दै सहकारी विकास, बिस्तार र अभिबृद्धिका लागि समय समयमा महत्वपूर्ण क्षमता विकासका कार्यहरु गर्दै आइरहेको जानकारी गराउँदै आगामी दिनहरुमा समेत यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने बताउनु भएको थियो भने थोरै खचृमा धेरै उपलब्धि हुने यस्ता कार्यक्रमहरु आयोजना गर्दै जाने प्रतिबद्धता ब्यक्त गर्दै समृद्ध जिल्ला सहकारी संघ निर्माण गर्न नियमित बचत, शेयर बृद्धि लगायतका कार्यहरु गरेर संघको विकासमा सहयोग गर्न अनुरोध गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..