ढुंखर्क, काभ्रे
बेथानचोक गाउँपालिकाले गाउँसभाको तयारी गर्ने क्रममा पालिकाबाहसीहरुसँग सुझाव मागेको छ । एक सूचनामार्फत गाउँपालिकाले योजना कार्यक्रमसम्बधि लिखित सुझाव उपलब्ध गराइदिन गाउँपालिकाले आग्रह गरेको हो ।
गाउँपालिकाले आ.व. २०८०÷०८१ का लागि नीति तथा कार्यक्रमसहित बजेट तर्जुमा गर्नुपर्ने भएकोले २०८० जेठ मसान्त सम्म योजना कार्यक्रमसम्बधि लिखित सुझाव उपलब्ध गराइदिन आग्रह गरेको हो ।
गाउँपालिका भित्र कहाँ के कस्ता विकास निर्माणका कामहरु आवश्यक छन भन्ने कुरा स्थानीयस्तरबाटै सुझाव आउने र प्राथमिकताका आधारमा यस्ता सुझावको कार्यान्वयन गर्दै जाने गाउँपालिका अध्यक्ष भगवान अधिकारीले जानकारी दिनुभयो ।

“आफ्नो गाउँबस्तीमा हाल नभइ नहुने र गर्नै पर्ने योजनाहरु सुझावका रुपमा पठाई दिन म पालिका बासीलाई आग्रह गर्दछु”, अध्यक्ष अधिकारीले आग्रह गर्नुभयो ।

गाउँपालिकाले लिखित सुझाव माग गरेको छ । साथै [email protected] मा पनि सुझाव पठाउन सकिने बताइएको छ ।

तपाईको प्रतिक्रिया

विगत देखि वर्तमानसम्म|मल अभाव देखि,खेतबारीमा तरकारी फालेको कुरा सम्म|केके छ पर्दर्शनीमा कृषकको कुरा.