राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काभ्रे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा कार्य समिति गठन गर्न प्रारम्भिक उम्मेदवारको नाम सार्वजनिक गरेको छ । जसमा रास्वपा काभ्रे–२ को सभापतिमा तारा बहादुर कुँवरले उम्मेदवारी दर्ता गराउनु भएको छ । 

केन्द्रीय पार्टी कार्यालयले सार्वजनिक गरेको उम्मेदवार सूचीमा १४ जना अटाएका छन् । जसमा यसअघि मंसिरमा लौरो चुनाव चिन्ह लिएर प्रदेश सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार रहेका तारा बहादुर कुँवर देखि नेकपा (एकीकृत समाजवादी) को भ्रातृ संगठन अनेरास्ववियु काभ्रेका इन्चार्ज बदन कुमार भण्डारीसम्म प्रतिस्पर्धामा उत्रिएका छन् । भण्डारीले केहीदिन अघि मात्रै सामाजिक सञ्जाल मार्फत नेकपा एस छोडेको घोषणा गरेका थिए ।

१४ जना प्रतिस्पर्धीबाट ५ जना छनौट हुनेछन् । रक्षा तामाङ, बदन कुमार भण्डारी, जुनु तिमल्सिना, सरोज ढकाल, प्राणनाथ घिमिरे, सुबास चन्द्र ढुंगाना, मन्दिरा खरेल, गुणनिधी सापकोटा (जि.एन), दामोदर गौतम, तारा बहादुर कुँवर, दिपेश खरेल, केशव सञ्जेल, अप्सरा खत्री र राज कुुमार तोलंगे प्रतिस्पर्धामा छन् ।

छनौट भएका ५ जनाबाट पदाधिकारी छनौट हुनेछ । अन्तिम ५ मा निर्वाचित हुन नसके पदाधिकारी बन्न पाइने छैन् । उम्मेदवारहरुलाई आज साँझ ६ बजेसम्म दाबी विरोध तथा उम्मेदवारी फिर्ता गर्न समय तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन जेठ १४ गते प्रकाशन गरिनेछ ।                                 

अन्तिम नामावलीमा परेका उम्मेदवारलाई राष्ट्रिय स्वतन्त्र पार्टीको पहिले सदस्यता लिइसकेका व्यक्तिहरू र जेठ २० गते साँझ ५ बजेसम्म सदस्यता लिइसकेका  व्यक्तिहरूलाई मतदान गर्न पाउने छन् । जेठ १६ गते बिहान ७ बजेदेखि जेठ २० गते साँझ ७ बजेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीको मोबाइल‌ एप मार्फत मतदान गर्ने ब्यवस्था मिलाइएको छ ।

निर्वाचनको परिणाम जेठ २१ गते राष्ट्रिय स्वतन्त्र पार्टीको मोबाइल एप र सामाजिक सञ्जालमा प्रकाशन गरिने रास्वपाले जनाएको छ । 

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..