बनेपा – काभ्रे जिल्लामा रहेका सम्पुर्ण प्रतिभाहरु सबै सामु ल्याउने उदेश्यले जिल्लामा नै पहिलो पटक बृहत सामाजिक संजाल सांस्कृतिक प्रतियोगिता – २०८० हुने भएको छ ।

काभ्रे जिल्लामा रहेका सबै उमेर समुहका मानिसहरु भित्र लुकेर बसेका प्रतिभाहरुलाई उजागर गर्न बृहत सामाजिक संजाल सांस्कृतिक प्रतियोगिता हुने भएको हो ।

उक्त प्रतियोगिता नेपाली कांग्रेस काभ्रे सांस्कृतिक शाखाको आयोजनामा सांस्कृतिक शाखाको अफिसियल फेशबुक पेज बाट बृहत सामाजिक संजाल सांस्कृतिक प्रतियोगिता – २०८० हुन लागेको सांस्कृतिक शाखा प्रमुख रामकृष्ण पोखरेलले जानकारी दिनु भयो ।

जिल्लामा रहेका सम्पुर्ण उमेरका मानिसहरुमा रहेका प्रतिभाहरु एवंम सिर्जनशिलताको कदर गर्दे उनीहरुमा सकारात्मक, रचनात्मक र हामी पनि केही गर्न सक्छौ भन्ने क्षमताकोे विकास गर्ने समेत कार्यक्रमको उद्देश्य रहेको पोखरेलले बताए ।

प्रतियोगितामा जिल्लामा रहेका जुन सुकै वर्ष उमेर समुहका मानिसहरुले आफ्नो प्रतिभा देखाउन सक्ने आयोजकले जनाएको छ।आफु भित्रै प्रतिभा लुकाएर बसेका र अवसर नपाएका प्रतिभा भएका मानिसहरुका लागी यो सुनौलौ अवसर हुने समेत आयोजकको दावी छ ।

सहभागीता जनाउन चाहने जिल्ला स्थित सम्पुर्ण ईच्छुक मानिसहरुले यहीँ जेठ २० गते बाट असार २० गते दिउँसो ११ बजे सम्म भाग लिन सक्नु हुने छ । प्रतियोगितामा जसको धेरै लाइक कमेन्ट सियेर आउने छ त्यो व्यक्ति लाई नै पहिलो, दोश्रो र तेस्रो बिजेता घोषणा गरिने आयोजक टिमले बताएको छ । त्यो बाहेक अन्य सहभागीहरु मध्य बाट विभिन्न विधाहरुमा रहेर आकर्षक पुरस्कारहरु पनि वितरण गरिने बताइएको छ ।

थप जानकारीको लागि यो हेर्नुस् ……………

मिति २०८०/०२/२० गते बाट बृहत सामाजिक संजाल सांस्कृतिक प्रतियोगिता – २०८० सुरु हुने छ ।

बृहत सामाजिक संजाल सांस्कृतिक प्रतियोगिता – २०८०

काभ्रेमा लुकेर बसेको प्रतिभाहरु सबैको सामु ल्याउने हाम्रो अभियान ।

नेपाली कांग्रेस काभ्रे सांस्कृतिक शाखाको अफिसियल फेशबुक पेज बाट बृहत सामाजिक संजाल सांस्कृतिक प्रतियोगिता – २०८० आयोजना गरेका छौं । काभ्रेमा रहेका सम्पुर्ण माहानुभावहरुले आफ्नो लुकेर बसेको प्रतिभाहरु नेपाली कांग्रेस काभ्रे सांस्कृतिक शाखाको अफिसियल फोन 9843574039 नम्बरको whatapp मा पठाई भाग लिन सक्नुहुनेछ  !  प्रतियोगि मध्ये उत्कृष्ट तिन जनालाई बिजेता घोषणा र उपहार स्वरूप आकर्षक गिफ्ट ह्याम्पर सहित पहिलो लाई १० हजार दोस्रो लाई ७ हजार र तेस्रो लाई ५ हजार पुरस्कार समेत दिइनेछ।
साथै सहभागी सम्पुर्ण प्रतियोगी हरुलाइ   गोला प्रथा गरि विभिन्न पुरस्कारहरुको व्यवस्था गरिएको छ । मिति २०८०/०२/२० गते बाट कार्यक्रम सुरु हुने छ ।

प्रतियोगिताका नियमहरु:-
➤  नेपाली कांग्रेस काभ्रे सांस्कृतिक शाखाको अफिसियल फेशबुक पेज नेपाली कांग्रेस काभ्रे सांस्कृतिक शाखा अनिवार्य Like हुनुपर्नेछ ।
➤  आफ्नो जुन सुकै प्रतिभा भिडियोमा हुनुपर्नेछ ।
➤ भिडियो दुई मिनेट भन्दा माथीको मान्य हुने छैन ।
➤ प्रतियोगीहरुले नाम, थर ठेगाना र प्रतिभा सहितको भिडियो नेपाली कांग्रेस काभ्रे सांस्कृतिक शाखाको whatapp 9843574039 नम्बरमा पठाउनु पर्नेछ ।
➤  अभिनय, गित संगित, कविता वाचन र अन्य जुन सुकै प्रतिभा आफ्नै हुनु पर्नेछ !
➤ प्रतियोगितामा भाग लिनेहरुको post मा Like, Mention, Share र Comment गर्न सक्नु हुनेछ । ( प्रतियोगी  तीन जना लाई like, Share र Comment को आधारमा पहिलो दोश्रो र तेस्रो बिजेता घोषण गरिने छ ) ।
➤ भोटिंग गर्नेले पेजमा लाइक अनिवार्य गर्नु पर्ने छ । पेज लाइक नगरी लाइक मात्र गरेकोलाई मान्यता दिइने छैन ।
➤ प्रतियोगिहरुको पोस्टमा लाइक, सेयर, कमेन्ट र पेज लाइकहरुको मुल्यांकन गरि ३ जनालाई बिजेता घोषणा गरिने छ ।
➤ अटोलाइक लाई मन्यता दिइने छैन ।
➤ मिति २०८०/०३/२० गते दिउँसो ११ बजे सम्मको like comment र share नै मान्य हुने छ त्यो समय पछाडीको like comment र share को कुनै मान्य हुने छैन ।
➤ बिजेताको नतिजा नेपाली कांग्रेस काभ्रे सांस्कृतिक शाखाको अफिसियल फेशबुक पेज बाट २०८०/०३/२१ गते सार्वजनिक हुनेछ !
➤ बिजेता लाइ पुरस्कार असार २१ गते पछी मिति सार्वजनिक गरेर एक विशेष समारोहका बिच प्रदान गरिने छ ।
➤ सहभागिताको लागि उमेरको कुनै मान्ने हुने छैन । जुनसुकै उमेरका महानुभावहरुले भाग लिन सकिने छ ।
➤( Judge )निर्णयक, प्रतेक like , comment गर्ने महानुभावहरु हुनु भएको हुनाले पुरा भिडियो हेरेर निस्पक्ष लाइक कमेन्ट गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ ।
➤ प्रतियोगितामा काभ्रे जिल्ला बासि सम्पुर्ण महानु भावहरु लाई मात्रै सहभागी गराइने छ । अन्य जिल्लाको प्रतियोगीहरु लाई थप नयाँ कार्यक्रम सहित आउने छौं । धन्यवाद

#बिजेता_लाई_पुरस्कारहरु
➤ प्रथम पुरस्कार रु १० हजार ( like, comment and share को आधारमा)
➤ दोश्रो पुरस्कार रु ७ हजार ( like, comment and share को आधारमा)
➤ तेस्रो पुरस्कार रु ५ हजार ( like, comment and share को आधारमा)
➤ प्रथम, दोश्रो र तेश्रो बिजेताहरु लाई निशुल्क ड्राइभिङ सिकाइने
( नेपाली कांग्रेस धुलिखेल नगर सभापति बिदुर बहादुर बस्नेतको तर्फबाट )
➤ सहभागी माध्यहरु बाट उत्कृष्ट अभिनय गर्ने दुई जना महिला र पुरुषलाई रामकृष्ण पोखरेल तथा अस्मिता अधिकारको स्वरमा रहेको गितमा अभिनय गर्ने मौका
➤ सहभागी माध्यहरु बाट गायनमा उत्कृष्ट हुने १ जनालाई Octave Melody studio  बनेपा को तर्फ बाट  निशुल्क गित रेकर्डिङ
➤ सहभागीहरु मध्य बाट गोला प्रथा गरि दुई जना लाई ड्राइभिङ् निशुल्क सिकाइने ( धुलिखेल नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष गणेश आचार्यको तर्फबाट )
➤ बनेपाको शुभकामना सिनेमा हल बाट फिल्म हेर्नको लागि १० वटा टिकेट १० जनालाइ निशुल्क ( सहभागी मध्यहरु बाट गोला प्रथा गरिने )
➤ धुलिखेल बर्गर हाउसको तर्फबाट १० जना लाई १० वटा बर्गरको लागि टिकेट प्रदान ( सहभागीहरु मध्य बाट गोला प्रथा गरिने छ )
➤ प्रतियोगी सम्पुर्णलाई माननीय मन्त्री तिर्थ लामाद्वारा सम्मान स्वरुप प्रमाणपत्र प्रदान गरिनेछ धन्यवाद

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..