काभ्रेपलाञ्चोक जिल्लाका सम्पुर्ण नृत्य र गायनका पारखीहरुलाई
बागमती गट ट्यालेन्ट, तपाइको शहरमा आउँदैछ । आफ्नो नृत्य तथा स्वरको प्रतिभा देखाउन यस कार्यक्रममा समभागी हुनुहोस् र आफ्नो नृत्य र गायनलाई विश्व सामु पुर्याउनुहोस ।काभ्रेपलाञ्चोक जिल्लामा हुने अडिसनको विवरणःस्थानः अरनिको पार्टी प्यालेस, चार दोबाटो (भिमसेन मन्दिर नजिकै), बनेपा ।मितिः जेष्ठ २० गते, शनिबार ।
समयः बिहान ८ देखि दिउँसो १२ बजे सम्म । ८ देखि १३ बर्षसम्मका बालबालिकाहरुले यस प्रतियोगितामा भाग लिन पाउन सक्नेछन ।     

एएनपी मिडिया हाउसले बागमती प्रदेशका गायन तथा नृत्य प्रतिभाहरुका लागि देशमै पहिलोपटक रियालीटी शो आयोजना गर्ने भएको छ। विभिन्न प्रतिभा तथा सौन्दर्यमूलक प्रतियोगिता आयोजना गर्दै आएको एएनपी मिडिया हाउसले बालबालिकामा अन्र्तनिहीत गायन र नृत्य प्रतिभालाई बाहिर ल्याउनका लागि पहिलोपटक बागमती गट ट्यालेन्ट सिंगिङ एन्ड डान्सिङ रियालीटी शोका नाममा गायन र नृत्यको रियालीटी शो आयोजना गर्न लागेको हो। आयोजक संस्था एएनपी मिडिया हाउसका सिइयो लबबहादुर कार्कीले शहर केन्द्रित रियालीटी शो भईरहेको समयमा गाउँगाउँका अवसरबिहीन गायन र नृत्य प्रतिभालाई अवसर र मञ्च प्रदान गर्नका लागि यो रियालिटी शो आयोजना गर्न लागिएको बताए।

‘अहिलेका बालबालिकामा सानैदेखि फरकस्तरको लोभलाग्दो गायन र नृत्य प्रतिभा पाइन्छ। त्यस्ता वास्तविक प्रतिभा अवसर र मञ्च पाउनबाट वञ्चित हुँदै आएका छन्। तीनै वास्तविक प्रतिभाको खोजीका लागि पहिलोपटक प्रदेशस्तरमा बागमती गट ट्यालेन्ट सिंगीङ एन्ड डान्स रियालीटी शो गर्न लागिएको हो’ कार्कीको भनाई छ ‘यसका लागि हामी वागमती प्रदेशका नौ स्थानमा पुगेर वास्तविक प्रतिभाको खोजी गर्नेछौँ। पहिलोपटक बागमती प्रदेशमा रियालीटी शो गरिसकेपछि चरणवद्धरुपमा बाँकी ६ प्रदेशका प्रतिभाका लागि पनि यसप्रकारको रियालीटी शो गर्ने योजना छ।’

रियालीटी शोका लागि धादिङ, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, मन्थली, सिन्धुली, भक्तपुर,ललितपुर र काठमाडौंमा चरणवद्धरुपमा अडिसन गरिने भएको छ। नौ स्थानको अडिसनबाट चुनिएका प्रतिभालाई काठमाडौंमा ल्याएर डिजीटल अडिसन गरिनेछ भने त्यसबाट चुनिएकाहरुलाई रियालीटी शोमा सामेल गरिनेछ। रियालीटी शोको अन्तिम स्पर्धाबाट गायन र नृत्य विधामा विजयी बागमती गट ट्यालेन्टलाई पुरस्कारस्वरुप जनही नगद एक लाख रुपियाँ तथा फस्ट रनर्सअपलाई जनही ३० हजार र सेकेन्ड रनर्सअपलाई जनही २० हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएका छन्। अडिसनको शुरुवात धादिङबाट भईसकेको छ भने भोलि वैशाख ३० गते शनिवार चितवनमा अडिसन हुने आयोजक कार्कीले जानकारी गराए। उनका अनुसार रियालीटी शोमा आठदेखि १३ वर्षका बाल प्रतिभालाई सामेल गरिनेछ।

बागमती गट ट्यालेन्ट सिंगिङ एन्ड डान्सिङ रियालीटी शो ख्यातिप्राप्त अभिनेत्रीद्धय मिथिला शर्मा र गौरी मल्ल तथा ख्यातिप्राप्त गायक गायिकाद्वय आनन्द कार्की र देविका वन्दनाको मार्गदर्शनमा हुन लागेको हो। अभिनेत्री मिथिला शर्माले यो रियालीटी शो गायन र नृत्यको क्षेत्रका लागि नयाँ आयाम हुने बताइन्। अभिनेत्री गौरी मल्लले यसबाट देशले नव प्रतिभा पाउने विश्वास गरिन्। गायक आनन्द कार्कीले लुकेर रहेका प्रतिभाका लागि यो सुनौलो अवसर हुने बताए। गायिका देविका बन्दनाले गाउँगाउँमा लुकेर रहेका प्रतिभा यो रियालीटी शोबाट बाहिर आउने विश्वास व्यक्त गरिन्।

राष्ट्रिय टेलिभिजनबाट प्रसारणमा आउने रियालीटी शोमा निर्देशन लबबहादुर कार्कीको रहनेछ भने कार्यक्रम संयोजक राजेन्द्र लुईंटेल(राज), इभेन्ट संयोजक शम्भुप्रसाद रेग्मी, इभेन्ट व्यबस्थापक ए तामाङ र भिजन संयोजक डेभिल राजपुत रहेका छन्।

तपाईको प्रतिक्रिया

विगत देखि वर्तमानसम्म|मल अभाव देखि,खेतबारीमा तरकारी फालेको कुरा सम्म|केके छ पर्दर्शनीमा कृषकको कुरा.