बनेपा— जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेमा प्रमिला श्रेष्ठ आएदेखी हाल सम्म पनि आफ्नो गतिविधि लाई तीव्रता दिदै ट्राफिक नियम पालना र सचेतना अभियानमा अब्बल स्थापित भएको देखिन्छ । सरुवा भएर आए लगत्तै श्रेष्ठले राजमार्गमा ध्वनी प्रदुषण गर्ने अर्थात् प्रेसर हर्न निकालेर आफ्नो काम देखाउँनु भएको थियो भने आज भोलि सम्म पनि यस कामलाई निरन्तरता दिनु भएको छ । पछिल्लो समय ट्राफिक नियम पालना र सचेतना अभियानमा अब्बल स्थापित जिल्ला ट्राफिक प्रहरी काभ्रे सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय बनेको छ । केही दिन अगाडि मात्रै काभ्रे जिल्ला ट्राफिक प्रहरीले दुर्घटना न्यूनिकरणका लागि कार्यालयले विद्यालयका विद्यार्थीहरुलाई पनि ट्राफिक नियमबारे जानकारी गराउँदै आएको छ । भने उता चलाक सह– चालक लाई प्रशिक्षण पनि दिदै आएको छ । ट्राफिक प्रहरीले सवारी दुर्घटना नहोस् भन्ने उदेश्यले म्चगन त्भकत प्ष्त र द्यचभबतजबथिशभच को प्रयोग गरी लागु पदार्थ सेवन र मादक पदार्थ सेवन गरेको छ छैन भनेर सवारी चालक लाई चेकजाँच गर्ने, साथै दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले सवारी साधनको यान्त्रिक परीक्षण गर्ने काम गर्दै आएको छ । जिल्लामा भौगोलिक विकटता, खाल्डाखुल्डी, धुलाम्य तथा साँघुरो बाटो र कम जनशक्तिका कारण ट्राफिक व्यवस्थापनमा एकदमै कठिनाइ देखिएको छ । यद्यपी पछिल्लो समय काभ्रेमा जिल्ला ट्राफिक कार्यालयले ट्राफिक व्यवस्थापनका विभिन्न प्रयासहरु थाले पनि दुर्घटना चाहिँ आझै कम हुन सकेको छैन । जिल्लामा ट्राफिक व्यवस्थापनका लागि भएका प्रयास एवम् चुनौति लगायतका विषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेको प्रमुख प्रहरी निरीक्षक प्रमिला श्रेष्ठसँग नव क्षितिज साप्ताहिको लागी अरबिन्द्र गौतमले गरेको कुराकानी 

 

काभ्रे जिल्लामा ट्राफिक व्यवस्थापन कसरी भइरहेको छ ?
ट्राफिक व्यावस्थापन सडक दुर्घटना न्युनिकरणका लागि अत्यन्तै महत्वपूर्ण पक्ष हो । ट्राफिक प्रहारीले प्रत्यक्षरुपमा खटिई ट्राफिक व्यवस्थापन सम्बन्धी सवारी आवागमनमा सहज गर्ने, सवारी साधनहरुको चेकजाँच गर्ने, कानुनमा व्यवस्था भएअनुसार जरिवाना गर्ने, सवारी दुर्घटनामा उद्घार तथा दुर्घटना प्रतिवेदन तयार गर्ने र सवारी दुर्घटना न्युनिकरणका लागि सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्ने काम गरेका छौ । जिल्ला ट्राफिक कार्यालय काभ्रेले दुर्घटना ग्रस्तक्षेत्र पहिचान गरी दुर्घटना न्युनिकरणका लागि ट्राफिक सचेनामुलक संकेत राखिएको छ ।

काभ्रेको ट्राफिक व्यवस्थापनमा कति जनशक्ति परिचालित छन् ?
काभ्रेको ट्राफिक व्यवस्थापन गर्न थोरै ट्राफिक प्रहरी परिचालित छन् । यति थोरै जनशक्तिले ट्राफिक व्यवस्थापन गर्न सहज छैन । ट्राफिक व्यवस्थापन जटिल बन्दै गइरहेको विद्यमान अवस्थामा यथार्थपरक विश्लेषण गरीएको छ ।

काभ्रेमा ट्राफिक व्यवस्थापनमा कस्ता कस्ता समस्या र चुनौतीहरु छन् ?
काभ्रे जिल्लामा ट्राफिक व्यवस्थापनका समस्या र चुनौतिहरु त थुप्रै छन् । जिल्लाको कोशीपारी डाडाँ पारी महाभारत भौगोलिक विकटताकै कारण सडक मार्गहरु पनि राम्रा छैनन् । थोरै जनशक्तिको बबजुद पनि हामीले धेरै परिचालन भएर काम गरिरहेका छौ । सडकको अवस्था कै कारण वर्षेनि दुर्घटनाहरु बढिरहेका छन् । सडक साँगुरो, कच्ची, घुम्ती, चालकको र सवारी धनिको लापरबाही, ट्राफिक नियमको अनविज्ञताले गर्दा काम गर्न निकै चुनौती छ । सडकको जिम्मेवारीका आधारमा ट्राफिक संकेतहरु राख्ने काम सडक डिभिजन कार्यालय गर्ने हो । यद्यपी मैले ट्राफिक संकेतहरु राख्नका लागि समन्वय भने गरेकै छु ।

 

सवारी दुर्घटना न्युनिकरण गर्न कसले के गर्नुपर्ला ?
ट्राफिक व्यवस्थापनको विषयलाई सबैले गम्भिर रुपमा लिएर नियम पालना गर्नुपर्छ । हामीले पहिला के सोच्न जरुरी छ भने ट्राफिक नियम नितान्त व्यक्तिगत सुरक्षाको लागि हो । ट्राफिक प्रहरीले मात्रै केहि गर्न सक्दैन । यसको लागी नागरिक स्तरबाटै ट्राफिक नियमको पालना गर्नु अत्यन्तै जरुरी छ भन्ने चेतना हुनुपर्छ । साथै सम्पुर्ण निकायहरु विद्युत्, खानेपानी, सडक डिभिजन, यातायात व्यवसायी, मजदुर सरकारी तथा गैर सरकारी संघसंस्थाहरु लगायत अरु पनि लागी पर्नुपर्ने देखिन्छ ।

स्मार्ट ट्राफिक प्रहरी बनाउन के गर्नुपर्ला ?
सबैको अगाडि ट्राफिक प्रहरी अनिवार्य रुपमा स्मार्ट हुनुपर्छ । ट्राफिक प्रहरीको विद्यमान ज्ञान, सीप र कार्यदक्षतालाई थप अभिवृद्धि गदै आवश्यकता अनुसार ट्राफिक व्यवस्थापन, प्रविधिको प्रयोग, प्राथमिक उपचार जस्ता विषयलाई ध्यान दिएर अगाडी बढ्नु पर्छ ।
विगतको भन्दा अहिलेको ट्राफिक प्रहरी धेरै राम्रो, व्यावहारिक र स्मार्ट भइसकेका छन् । पहिलाको र अहिलेकोमा धेरै फरक पाउन सकिन्छ । तपाई हरुले नै देख्न सक्नुहुन्छ, व्यक्तित्व, आचरण, व्यवहार, ज्ञान, सीप र क्षमताले भरिपूर्ण बनाउँदै ट्राफिक प्रहरीलाई अझै राम्रो र स्मार्ट बनाएर लैजाने हो भने विदेशी मुलुकको भन्दा नेपालको धेरै राम्रो र स्मार्ट देखिन्छ।

काभ्रे जिल्लामा सवारी व्यवस्थापन गर्न कति स्थानमा सीसीटिभी जडान गरिएको छ ?
काभ्रे जिल्लामा हामीले प्रविधिमैत्री ट्राफिक व्यवस्थापन गर्न काभ्रे जिल्लाको मुख्यमुख्य चोक तथा भित्री कोर क्षेत्रलाई समेटेर सीसीटिभी जडान गरेका छांै । सीसीटिभीका कारण सवारी अपराध गर्ने कामको निगरानी भएको छ । सीसीटिभी निगरानीले गर्दा मुख्य सडक र भित्री सडकमा ट्राफिक व्यवस्थापन थप सहज बनेको छ । जसले गर्दा सवारी दुर्घटना गराई फरार भएकाहरु लाई समात्न पनि सीसीटिभीले ठुलो मद्घत गरेको छ ।

अन्तमा केहि भन्न चाहनुहुन्छ ?
विभिन्न कारणले सवारी दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या दिन प्रति दिन बढ्दै गएको छ । सडक दुर्घटना कम गर्नेको लागी सडकको स्तर उन्नतिका गर्नु पर्ने देखिन्छ । पुर्णरुपमा ट्राफिक नियमहरुको पालना गर्ने र ट्राफिक नियम पालना गर्नका लागि सघाउनुपर्छ । सवारी दुर्घटना न्युनिकरण र ट्राफिक व्यवस्थापन हामी सबैको जिम्मेवारी हो । जो जहाँ छौं, त्यहिँबाट ट्राफिक नियमको पालना गरौं भन्न चाहान्छु ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly