भोली काभ्रेभर विद्युत सेवा अवरुद्ध, ७ देखि ५ बजेसम्म सबै फिडर बन्द हुने

 

काभ्रे — काभ्रे जिल्लाभरका उपभोक्ताले भोली दिनभर विद्युत सेवा बन्द रहने भएका छन्। काठमाण्डौ सब-स्टेसन अटोमेशन आयोजना अन्तर्गत भक्तपुर–बनेपा ६६ केभि लाइनमा बाइपास आइसोलेटर बदलाव कार्य सञ्चालन हुने भएकाले काभ्रेभर लोड कट गरिने हो।

बिज्ञापन

नेपाल विद्युत प्राधिकरणले जानकारी दिँदै बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म काम सञ्चालन हुने भएकाले काभ्रे वितरण र पाँचखाल वितरण केन्द्रअन्तर्गतका सम्पूर्ण फिडरहरूमा विद्युत अवरुद्ध हुने जनाएको छ।

समयमै आवश्यक मर्मत र प्रतिस्थापन कार्य सम्पन्न गर्न उपभोक्ताहरूको सहयोग र समझदारीका लागि प्राधिकरणले अनुरोध गरेको छ।