
खानीखोला गाउँपालिका–७, काभ्रेपलाञ्चोक।
श्री जनहित माध्यमिक विद्यालयले शुक्रबार सम्पन्न आफ्नो ३१ औं वार्षिक दिवसको अवसरमा खानीखोला गाउँपालिका–७ का स्थायी बासिन्दा राजन अधिकारीलाई सम्मान गरेको छ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि शैक्षिक सामग्री र विद्यालय पोशाक उपलब्ध गराउन सहज वातावरण निर्माण गर्दै विद्यार्थीको शैक्षिक उन्नयनमा पुर्याएको महत्वपूर्ण योगदानप्रति विद्यालयले विशेष सम्मान व्यक्त गरेको हो। विद्यालय प्रशासनका अनुसार अधिकारीले गरेको यस प्रकारको सहयोगले विद्यार्थीहरूको सिकाइ वातावरण थप सुदृढ भएको छ।


त्यसैगरी कार्यक्रममा वि.व्य.स. अध्यक्ष अविशा पुलामी मगर, प्रधानाध्यापक कुमार बहादुर दर्लामी, विशिष्ट अतिथी तथा खानीखोला गाउँपालिकाका अध्यक्ष ईन्द्र बहादुर थिङ (छिन्ताङ) लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा मुख्य अतिथी बागमती प्रदेश सभा सदस्य तथा पूर्व खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री माननीय तिर्थ लामाले सहयोग र साझेदारीमार्फत विद्यालयको विकासलाई थप प्रभावकारी बनाउन आग्रह गरेका थिए।
विद्यालयले आगामी दिनहरूमा पनि समुदायबाट यस्तै रचनात्मक तथा प्रेरणादायी सहयोग जारी रहने आशा व्यक्त गरेको छ।



