काभ्रेपलान्चोक – उज्वल भविष्यको लागि दिगो लगानी आर्थिक विकासका लागि परिकल्पना सहकारी भन्ने मुल नाराको साथमा परिकल्पना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

शनिबार संस्थाको १३औं बार्षिक साधारणसभा सम्पन्न भएको हो
सभाले चालु आर्थिक वर्ष २०७९/ ८० को आम्दानी र खर्चका साथै आगामी आ. बर्ष २०८०/ ८१ को नीति तथा कार्यक्रमहरु समेत पास गरेको थियो ।

बिहान ९ बजेबाट शुरु भएको १२ औं बार्षिक साधारणसभाको अध्यक्षता संस्थाका अध्यक्ष राधाकृष्ण श्रेष्ठले गरेका हुन भने वाग्मती प्रदेश सहकारी संघको सदस्य कृष्ण प्रसाद तिमल्सिना प्रमुख आतिथ्य हुनुहुन्थ्यो । साधारणसभाको वाग्मती प्रदेश सहकारी संघको सदस्य कृष्ण प्रसाद तिमल्सिनाले उद्घाटन गर्नु भएको थियो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि कृष्ण प्रसाद तिमल्सिनाले संस्थाको उन्नति र प्रगतिको कामना गर्नुहुँदै पारिवारिक हिसाबले चलेका सहकारीमा समस्य आएको बताउनु भयो । उहाँले नीतिविधीमा परिकल्पना सहकारी संचालन भएको बताउदै सबै बचत कर्तालाई ढुक्क भएर बचत गर्ने समेत अनुरोध गर्नु भएको थियो ।


परिकल्पना बचत तथा ऋण सहकारी संस्था लिमिटेड अध्यक्ष राधाकृष्ण श्रेष्ठले संस्था ठुलो नभए पनि सोच ठुलो लिएर अगाडि बढिरहेको बताउनुभयो । आफू सधैं सहकारीकै हकहितमा लागि परिरहेको र सहकारी संस्थालाई दिगो बनाउन सदस्यहरु एकतावद्ध हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष बोधनाथ बजगाईले राखेका थिए भने कार्यक्रम संचालन संस्थाका ज्ञानेन्द्र दाहाल गरेका थिए ।

लेखा समितीका संयोजक इन्द्रमणि न्यौपानेले पेस गरेको लेखा समीतिको प्रतिबेदन र कोषाध्यक्ष सम्भु प्रसाद पौडेलले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन साधारण सभाबाट सर्वसम्मत रुपमा अनुमोदन गरेको छ । सहकारीमा झण्डै १३ सय जना सेयर सदस्य रहेका छन् ।

कार्यक्रममा संस्थाका संचालन समिति, लेखा समिति तथा उपसमिति, संस्थाका कर्मचारी लगायत सेयर सदस्य उपस्थित रहेको परिकल्पना बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक ज्योति बुढाथोकीले काभ्रे प्रेस लाई जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..