प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट हतियारसहित तीनजनालाई पक्राउ

काठमाडौं – प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट हतियारसहित तीनजनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार उनीहरूलाई मंसिर १० गते पक्राउ गरिएको हो ।

बिज्ञापन

यही भदौमा भएको जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयबाट हतियार लुटपाट गरी आपराधिक गतिविधिमा केही व्यक्ति संलग्न भएको विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको एसपी आचार्यले जानकारी दिएका छन् ।
पक्राउ पर्नेमा मकवानपुर घर भइ हाल बागबजार काठमाडौं बस्ने २५ वर्षीय निकेश विक, २५ वर्षीय सुरज विक र बागलुङ घर भइ भृकुटिमण्डप बस्ने २५ वर्षीय बालकृष्ण गैरे छन् ।

उनीहरूको साथबाट दुईवटा पेस्तोल र त्यसको म्याग्जिन एक थान बरामद गरिएको एसपी आचार्यले जानकारी दिएका छन् ।