काभ्रेपलान्चोक – भकुण्डेबेसि जेबेसि जेसिजको १२ औँ तथा भकुन्डेबेसि जुनिएर जेसिजको ९ औ पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । शनिबार नमोबुद्द नगरपालिका भकुन्जेबेसि मा रहेको कुटुम्ब रिसोर्टमा कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा बर्ष २०२३ का अध्यक्ष श्रिहरि अधिकारिले बर्ष २०२४ का लागि नव निवार्चित अध्यक्ष खुम भन्डारिलाई सपथ ग्रहण गराएका थिए भने नव निर्वाचित अध्यक्ष भन्डारीले अन्य पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ गराएका थिए!
कार्यक्रममा भकुन्डेबेसि जेसिजकी २०१८ कि अध्यक्ष रूक्मणि सिग्देलले आफ्नो ससुराको स्मृतिमा स्थापित पुरस्कारबाट कृषि उद्धमि लाई नगद सहित सम्मान गरेकि थिईन
साथै नमोबुद्द नगरमालिकाका मेयर कुन्सांग लामालाई भकुन्डेबेसि जेसिजको मानार्थ सदस्य द्वारा सम्मान गरिएको थियो
पद ग्रहण गर्दै २०२४ का अध्यक्ष खुम भन्डारिले ले आफ्नो कार्यकालमा गरिने कार्यक्रमहरु प्रस्तुत गर्दै २०२४ मा राष्ट्रिय अध्यक्षको प्रकरणमा रहेर आफ्नो प्रकरणलाई जोड्दै जेसिआईको चार सेक्टरमा काम गर्ने प्रतिबद्दता जनाउदै स्विकारोक्ति मनंतव्य दिएका थिए । उनले आफुलाई अध्यक्षको जिम्मेवारी दिने सबैलाई धन्यवाद पनि दिए।
अध्यक्षको अन्तिम मन्तव्य राख्दै बर्ष २०२३ का अध्यक्ष अधिकारिले आफुलाई जेसिज सदस्य बन्न प्रेरित गर्ने आफ्नो परिवार, आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण सदस्य तथा शुभेच्छुकलाई धन्यवाद दिँदै नयाँ कार्यसमितिलाई कार्यकाल सफलताको शुभकामना दिएका थिए।
कार्यक्रमका प्रमुख अतिथी कुन्सांग लामाले जेसिज संग आफ्नो छुट्टै सम्बन्ध रहेको भन्दै २०२४ मा नगरपालिकाले मिलेर काम गर्न तयार रहेको बताएका थिए र हरेक सहयोग गर्ने प्रतिबद्दता पनि व्यक्त गरेका थिए !नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष सिनेटर रबिन पोखरेलले भिडियो मन्तव्य मार्फत जेसिज युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्दै उद्यमशिल बन्न सहयोग गर्ने सामाजिक संस्था रहेको बताए । दैनिक ठूलो संख्या युवाहरु विदेश पलायन भइरहेको भन्दै अध्यक्ष पोखरेलले युवाहरुलाई स्वदेशमै उद्यमी बन्न जेसिजले प्रेरित गर्ने बताए । । जेसिजको कार्यक्रम लामो, भद्दा र तडकभडक हुन्छ भन्ने आम बुझाईलाई आफ्नो कार्यकालमा त्यस्तो हुन नदिने बताए । पोखरेलले जेसिजका कार्यक्रमहरुलाई रचनात्मक र एउटा सिक्ने प्लेटफर्मको रुपमा विकास गरिने बताए ।
बर्ष २०२३का अध्यक्ष श्रिहरि अधिकारीकोअध्यक्षतामा भएको कार्यक्रम २०२१ का अध्यक्ष जेसि सुदर्षन चिमौरियाले सञ्चालन गरेका थिए भने कार्यकारीणी उपाध्यक्ष सरोज साप्कोटाले स्वागत मन्तब्य द्वारा अतिथि स्वागत गरेका थिए।