वैदिक मन्त्र गायनमा शिशिर योगी (भिडियोसहित)

|| मंगलबार, जेठ ३१, २०७९
वैदिक मन्त्र गायनमा शिशिर योगी (भिडियोसहित)

मेलोडी सुल्तानको उपनामले लोकप्रियता हासिल गर्नुभएको गायक शिशिर योगीले भक्ति सङ्गीतमा पनि कदम अघि बढाउनुभएको छ । राष्ट्रप्रेम, जीवनदर्शन र करुण रसका मर्मभेदी गीत गाउँदै आउनुभएका शिशिरले भक्तिधारा अन्तर्गत पनि वैदिक मन्त्र गायनमा आफ्नो ओजस्वी स्वरको जादु पस्किनुभएको छ ।

प्रायः भारतीय कलाकारका स्वरमा भजन र मन्त्र सुन्न अभ्यस्त नेपाली स्रोता दर्शकलाई शिशिरको स्वरले नेपालीपनको मिठास दिने छ । भारतमा भक्तिसङ्गीतको विधा निकै फराकिलो छ । त्यहाँ भक्ति सङ्गीत मूलधारको सङ्गीत जस्तै उर्वर छ । हाम्रोमा भने कर्मकाण्डी र कामचलाउ जस्तो मात्र बनेको भक्ति सङगीतमा शिशिरको प्रवेशले यसका पारखीलाई केही राहत दिने निश्चित छ ।

बिज्ञापन

भक्तिसङ्गीतको यस चरणमा गणेश मन्त्र, गायत्री मन्त्र, शनि मन्त्र र शनिको बीज मन्त्र गरी चारओटा तयार भएका छन् । उच्चकोटिको सङ्गीत, खारिएको स्वर र श्रुतिमधुर शब्दले स्रोतालाई आनन्दको सागरमा डुबाउँछन् । शिशिर यी सबै मन्त्रमा एक किसिमको जादू भर्न सफल हुनुभएको छ । गणेश मन्त्रमा मौलिक सङ्गीतको स्वरूप छ । हुन त हामीले ‘ॐ गं गणपतेय नमो नमः लाई भारतीय कलाकारको आवाजमा धेरै पल्ट सुनिसकेका छौं । शिशिरले यसमा हृदयको आवाज निकालेर नेपाली मिठास भरेर गाउने कोसिस गरी हृदयस्पर्शी गायन प्रदर्शन गर्नुभएको छ । करुणरसको प्रयोगले यसमा थप स्वाद दिएको छ ।

‘निलांजन समाभासम्…’ बोलको शनि मन्त्रमा भक्ति र करुण सरको संयोजन भएको छ । शनिको बीज मन्त्रमा भने भक्ति, करुण र वीर रसको त्रिवेणी पाइन्छ । साथै गायत्री मन्त्रलाई पनि निकै मिहिनेत गरेर सुललित आवजमा पस्किनुभएको छ उहाँले । सबै मन्त्रमा शिशिरले सङ्गीत भर्नुभएको छ भने उहाँलाई स्वरमा सलिना बिक र उहाँकै सुपुत्री श्रुति योगीले साथ दिनुभएको छ । यी मन्त्रमा सङ्गीत संयोजनमा पनि बढी मिहिनेत गरेको देखिन्छ । नोर्बु शेर्पाले सबै मन्त्रमा सङ्गीत संयोजन गर्नुभएको छ ।

प्रकाश मिश्र ध्वनि सम्पादन, वीरेन्द्र भाट ‘विपिन’को दृश्य सम्पादन रहेको गीतमा अजय कार्कीको रेकर्डिङ छ । यी मन्त्रहरू शिशिर योगीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट

छुटाउनु भयो र ! ?

हाम्रो बारेमा

यो वेवसाइट Kavrepress.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क स्थान

सम्पर्क
काभ्रे प्रेस डट कम (KavrePress.com )
९८०३१२३१७६
९८६०८९७९८७
[email protected]
बनेपा नगरपालिका – ९ नयाँबस्ती , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. :२८००/०७८-७९
पान नं. : १०८१७८२२७

हाम्रो टिम

प्रकाशक / प्रधान सम्पादक

अरबिन्द्र गौतम

सल्लाहकार तथा संरक्षक

नवराज बजगाईं

सम्पादक:- सागर घिमिरे

संवाददाता :- दिनेश भण्डारी

संवाददाता : रामेन्द्र गौतम