पार्टीमा अब कुनै पुच्छर झुन्ड्याउन आवश्यक छैन : प्रचण्ड

# पार्टीमा अब कुनै पुच्छर झुन्ड्याउन आवश्यक छैन : प्रचण्ड
काभ्रे प्रेस
काभ्रे प्रेस || शुक्रबार, मंसिर १२, २०८२
पार्टीमा अब कुनै पुच्छर झुन्ड्याउन आवश्यक छैन : प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट पार्टीमा कुनै पुच्छर राख्न आवश्यक नभएको बताएका छन् । सुदूरपश्चिमको धनगढीमा शुक्रबार नेकपाले गरेको एकता सन्देश सभामा सम्बोधन गर्दै प्रचण्डले नेपाली कम्युनिस्ट पार्टी सबैको विचार अट्न सक्ने पार्टी भएको बताएका हुन् ।

‘अब कम्युनिस्ट पार्टीमा कुनै पुच्छर राख्न आवश्यक छैन । नेपाली कम्युनिस्ट पार्टीमा अब एकीकृत समाजवादी छैन । माओवादी छैन । अरू कुनै केन्द्र छैन । सबै एउटै पार्टीमा समाहित भएका छौँ । विगतमा कम्युनिस्ट पार्टी नेपाल भनेर भूगोलको नाम राखियो । किनकि पार्टी जनताको हुन्छ । त्यसै भएर हामीले नेपाली कम्युनिस्ट पार्टी बनायौँ ।’

बिज्ञापन

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट

छुटाउनु भयो र ! ?

up