काभ्रेको तेमाल गाउँपालिकाको सबै वडाहरुमा सञ्चालित स्वास्थ्य शिविरको गाउँपालिका अध्यक्ष चन्द्र लामा र उपाध्यक्ष डिएम थोकरको टोलीले निरिक्षण गरेका छन् । अध्यक्ष लामा र उपाध्यक्ष थोकरले गाउँपालिकाको वडा नं। ६ मा सञ्चालन भइरहेको स्वास्थ्य शिविरको आज निरिक्षण गरेका हुन् ।
निरिक्षणको क्रममा गाउँपालिका अध्यक्ष लामा र उपाध्यक्ष थोकरले शिविर सञ्चालनको अवस्थाको निरिक्षण गराउनुको साथै शिविरको बारेमा लाभग्राहीहशरुसँग प्रतिक्रिया समेत लिएका थिए । ४० वर्ष भन्दा माथिका उमेर समूहलाई लक्षित गरि आयोजना गरेको सो शिविरमा नसर्ने रोग सम्बन्धी निःशुल्क स्वास्थ्य तथा ल्याब परिक्षण भइरहेको छ ।

शिविरको परिक्षण पछि गाउँपालिका अध्यक्ष लामाले तेमाल गाउँपालिकामा सञ्चालन भएको यो शिविर निक्कै महत्वपूर्ण भएकोले आगामी दिनमा स्वास्थ्य नीति बनाउन यो शिविरले मार्गदर्शन गर्ने बताए । ‘हामीले विभिन्न उमेर समूहको जनताको स्वास्थ्य अवस्था पत्ता लगाउन र तत्काल सेवा प्रदान गर्नका लागि यो शिविरको आयोजना गरेका हौं ।’ अध्यक्ष लामाले भने, ‘तेमालमा स्वास्थ्य नीति बनाउन र जनतालाई स्वास्थ्य सेवा प्रदान गर्नका लागि यो शिविरले हामीलाई मार्गदर्शन गर्नेछ ।’
लामाले शिविरबाट जनताले बढी लाभ लिइयोस भन्ने आफूहरुको चाहना भएकोले पनि बताए । ‘एकै पटक यति धेरै विषयको स्वास्थ्य परिक्षण गरेको यो पहिलो पटक हो । जनताको आर्थिक अवस्था र आवश्यकतालाई मध्य नजर गरेर यो शिविरको आयोजना गरेको हो ।’ उनले भने, ‘अस्पताल वा कुनै क्लीनिकमा गएर यतिको स्वास्थ्य जाँच गर्दा हजारौं रुपैयाँ खर्च हुन्थ्यो । आज घर आँगनमै सेवा दिएका छौं ।’

यसैबीच शिविरमा पुगेका उपाध्यक्ष थोकरले जनताको स्वास्थ्य प्रति तेमाल गाउँपालिका निक्कै गम्भिर रहेको बताउँदै यो शिविरले सोचेको भन्दा बढी उपलब्धि हाँसिल गरिरहेको बताए । ‘यो शिविरबाट तेमालका हजारौं जनताले सेवा लिने मौका पाइरहेको छ । प्रत्येक वडामा आधुनिक ढंगले जनताको स्वास्थ्य परिक्षण भइरहेको छ ।’ उनले भने, ‘जनताको स्वास्थ्य प्रति गाउँपालका निक्कै गम्भिर छौं । जनताको घरदैलोमै यस्तो सुविधान दिन सफल भएकोले हामीले सोचेको भन्दा निक्कै उपलब्धि भइरहेको छ ।’
शिविरमा स्वास्थ्य जाँच गर्दा धेरैजसो ब्लब प्रेसारको विरामी भेटिएको स्वास्थ्य शाखा प्रमुख शिवहरि पाठकले जानकारी दिए । ‘आजसम्मको स्वास्थ्य परिक्षणमा धेरैजसो विरामी ब्लब प्रेसारको भेटियो ।’ पाठकले भने, ‘अब हामीले ब्लड प्रेसर पिडितहरुको लागि चाँडै योजना बनाएर औषधि वितरण गर्ने कार्यक्रम पनि ल्याउने छौं ।’

प्रत्येक वडामा २ दिनसम्म सञ्चालन भइरहेको शिविरमा आजसम्ममा ४ वडामा सञ्चालन भइसकेको छ भने वडा नं। ६ मा भोलिसम्म सञ्चालन हुने शिविरमा संलग्न सिनियर अनमि मिना मोक्तानले जानकरी दिए । उनका अनुसार आजसम्ममा ७ सय ५५ जनाको स्वास्थ्य परिक्षण गरिएको छ । मोक्तानका अनुसार वडा नं। ५ मा २ सय ३८ जना, वडा नं। ७ मा ३ सय ८०, वडा नं। ८ मा २ सय २६ जना, वडा नं। ९ मा ३ सय ३५ जना, वडा नं। ६ मा १ सय ५७ जनाको स्वास्थ्य परिक्षण गरिएको छ ।
शिविर निरिक्षणको लागि गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद ढकाल, वडा नं। ५ का वडा अध्यक्ष हजारसिं लामा, वडा नं। ६ का वडा अध्यक्ष प्रेमबहादुर तामाङ, शिक्षा शाखाबाट भिम दोङ, माओवादी केन्द्रका ६ नं। वडा अध्यक्ष शैलेन्द्र तामाङ लगायतको सहभागीता थियो ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..