काठमाडौं । सरोकारवालाहरुले प्रेस स्वतन्त्रताको प्रत्याभुतिका लागि सबैले मिलेर काम गर्नुपर्ने बताएका छन् । मंगलवार काठमाडौंमा प्रेस काउन्सिलले आयोजना गरेको निर्वाचन सम्बन्धी मिडिया अनुगमनको छलफलमा बोल्दै वरिष्ठ पत्रकारहरुले नेपाली पत्रकारिताको स्वतन्त्रताको हकहीतका लागि विशेष गरी प्रेस काउन्सिल र पत्रकार महासंघले जोड दिनुपर्ने बताएका हुन् ।उनीहरुले पत्रकारिता क्षेत्रमा लामो समय काम गरी नाम कमाएका पत्रकारहरुको सहयोग लिएर काउन्सिल र महासंघले पत्रकारिताको स्वतन्त्रताको आवाजलाई बलियो बनाउन आवश्यक रहेको बताए । पत्रकारिता क्षेत्रबाट नाम कमाएका पत्रकारहरुको अनुभवलाई सम्पतीको रुपमा जोगाउँदै आगामी दिनमा सम्बन्धित पक्षहरुले पत्रकारिताको स्वतन्त्रतामाथि भइरहेको आक्रमणलाई निस्तेज पार्नुपर्ने बताए ।

उनीहरुले प्रेस काउन्सिल नेपाल विशुद्ध व्यवसायिक संस्था हुनुपर्ने र पत्रकारितालाई कुनैपनि किसिमको अवाञ्छित हस्तक्षेपबाट जोगाउने कुरामा बलियो बन्नुपर्ने धारणा राखे । उनीहरुले निर्वाचन आयोगले प्रेस काउन्सिलमाथि अराजकता देखाएको आरोप लगाए । पत्रकारहरुले निर्वाचन आयोगले आफ्नो अंगको रुपमा प्रेस काउन्सिललाई प्रयोग गर्न खोजेको पनि बताए ।

कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार सोमनाथ घिमिरेले निर्वाचन आयोगले बनाएको आचारसंहीतामा प्रेस स्वतन्त्रताको हनन् हुने प्रावधान भए प्रेस काउन्सिलले असहमत छाँै भन्ने हैसियत राख्न सक्नुपर्ने बताए । त्यस्तै वरिष्ठ पत्रकार किशोर नेपालले पत्रकारिताको नाममा राजनीति गर्ने खेल बन्द गर्नुपर्ने बताए । उनले निर्वाचन आयोगको अधिनमा पत्रकार नबस्ने भएकाले अन्तरक्रिया निर्वाचन आयोगको आचारसंहीतामा के गर्ने भनेर राख्नु नै गलत भएको बताए ।

त्यस्तै वरिष्ठ पत्रकार किशोर श्रेष्ठले काउन्सिलको निर्वाचन आयोगमाथिको हस्तक्षेप कम भएको अनुभुति गरेको बताए । उनले प्रेस काउन्सिलले हतारमा बिना होमवर्क पुर्जि काट्ने काम बन्द गर्न सुझाव दिए । त्यस्तै वरिष्ठ पत्रकार गोपाल बुढाथोकीले कन्टेनलाई हेरेर प्रेस काउन्सिल निर्मम बन्नुपर्ने बताए । यसैगरी वरिष्ठ पत्रकार तारानाथ दाहालले अहिलेको प्रेस काउन्सिलको आचारसंहीता सिद्धान्त भन्दा बाहिर गइसकेको आरोप लगाए ।

त्यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले प्रेस काउन्सिल र महासंघले निर्वाचन आचारसंहीतामा निर्वाचनका बेलामा थप बुँदाहरु समेटेर आफ्नै अंगका रुपमा बनाउन आवश्यक रहेको जानकारी दिए । उनले पछिल्लो समय निर्वाचन आयोगको प्रेसप्रतिको अभिव्यक्ति स्वतन्त्रतालाई नै कुण्ठित बनाएको बताए । उनले चुनावको बेलामा उम्मेदवारको चर्चा नगरे कहिले गर्ने भन्दै निर्वाचन आयोगले प्रेस स्वतन्त्रतालाई कुण्ठित पार्नु नहुने धारणा राखे ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..