प्रधानमन्त्री कार्कीले सर्वदलीय बैठक बोलाइन्, फागुन २१ को निर्वाचनमा छलफल हुने

# प्रधानमन्त्री कार्कीले सर्वदलीय बैठक बोलाइन्, फागुन २१ को निर्वाचनमा छलफल हुने
काभ्रे प्रेस
काभ्रे प्रेस || बिहिबार, मंसिर १८, २०८२
प्रधानमन्त्री कार्कीले सर्वदलीय बैठक बोलाइन्, फागुन २१ को निर्वाचनमा छलफल हुने

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले सर्वदलीय बैठक बोलाएकी छन्। भोलि अपराह्न ४ बजे प्रधानमन्त्री कार्कीले बालुवाटारस्थित सरकारी निवासमा बैठक राख्ने बताइएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रतिनिधिहरूलाई आमन्त्रित गरिएको छ।

बिज्ञापन
सचिवालयले जानकारी दिएको छ कि बैठक मुख्य रूपमा फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनलगायतका विषयमा केन्द्रित हुनेछ।

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट

छुटाउनु भयो र ! ?

up