
काभ्रेपलाञ्चोक – फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि उम्मेदवारहरुको चुनावी प्रचारप्रसारको काम लगभग सकिएको छ । अभियानका क्रममा नेकपा एमालेका क्षेत्र नम्बर–१ का उम्मेदवार अमि (अमित) लामाको पक्षमा जनमत राम्रो देखिएको छ । अभियानका क्रममा नेपाली काङ्ग्रेसका पूर्व जिल्ला उपसभापति गणेशमान लामाले एमालेका उम्मेदवार अमित लामालाई विजयी गराउनका लागि सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ भने र रोसी गाउँपालिका–५ का नेपाली कम्यूनिष्ट पार्टी (नेकपा)मा नेता ठाकुरध्वज लामा (कुन्दु) लगायतका एक दर्जन कार्यकर्ता अमितलाई विजयी गराउन एमालेमा प्रवेश गरेका छन् । नेपाली काङ्ग्रेसका नेता लामा र नेकपाका नेता ठाकुरध्वजले एमालेका उम्मेदवार अमितलाई विजयीका लागि थप मद्दत पुग्ने देखिएको छ ।
नेकपा परित्याग गरी एमाले प्रवेशको अवसरमा ठाकुरले सिङ्गो देशको लोकतान्त्रिक धार भनिएका पार्टीहरु नै नेकपा एमालेको विरुद्धमा लागेको आरोप लगाउनु भयो । एमाले देशको लागि साम्राज्यवाद र विस्तारवादको विरुद्धमा लडेकोले एमालेलाई जिताउनुपर्ने आवश्यक रहेको बताउनुभयो । एमालेलाई जिताउनका लागि घरघरमा गएर बाआमा, दाजुभाइ ,दिदिबहिनी र जेन्जि मतदातालाई देशको अवस्था के रहने भन्नेलगायतको अन्यौलता रहेकोले मतदातालाई बुझाउनका लागि आफुहरु लाग्ने बताउनुभयो ।
उहाँले संसद्मा हाम्रो आवाज पुर्याउन र मुद्दा लेख्नको लागि अमित लामालाई जिताउनुपर्ने बताउनुभयो ।क्षेत्र नम्बर–१ का उम्मेदवार अमित लामाले आफुहरुको समस्यालगायतका विभिन्न मुद्दाहरुको उठान गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले गाउँमा बाटो दिएको, बिजुली दिएको भन्नु भन्दा सांसद विजयी भएपछि मुल कानुन बनाएर आम नागरिकको हितको लागि लाग्न अनुरोध गर्नुभयो । उहाँले आफु माओवादी भएपनि अहिले आफु लागेको माओवादी नरहेको र एमालेको उम्मेदवारलाई विजयी गराउन सबै लाग्ने प्रतिवद्धता जनाउनु भयो । चुनावी अभियानको क्रममा एमालेका उम्मेदवार अमित लामाले आफ्नो निर्वाचन क्षेत्रको शिक्षा, स्वास्थ्य, खानेपानी, सिञ्चाई, यातायात तथा पूर्वाधार विकास, कृषि, जडिबुटीलगायको क्षेत्रको सम्भावनाको खोजी गरी आम नागरिकको सुख, दुःखमा साथ दिने प्रतिवद्धता समेत जनाउनु भएको छ । साथै उहाँले युवा पुस्ताको माग अनुसारका कानुन निर्माण तथा कामका लाग्ने जनाउनुभएको छ ।






