
बनेपा — Nightingale Academyको आयोजनामा सम्पन्न प्रथम “नाइटिङ्गेल अन्तरविद्यालय फुटसल प्रतियोगिता–२०८२” को समापन समारोह भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगिताले नगरका विद्यालयहरूबीच खेलकुदको उत्साह, प्रतिस्पर्धात्मक भावना र आपसी सद्भावलाई थप मजबुत बनाएको आयोजकले जनाएको छ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नाइटिङ्गेल एकेडेमीले प्रथम स्थान हासिल गर्दै च्याम्पियन बन्न सफल भयो। त्यसैगरी Adarsha Bidya Mandir द्वितीय तथा Pragati Pravat Academy तृतीय स्थानमा रहे।

व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीहरू सम्मानित
प्रतियोगितामा विभिन्न व्यक्तिगत विधातर्फ पनि खेलाडी तथा प्रशिक्षकहरू सम्मानित भएका छन्।


उत्कृष्ट गोलरक्षक (Best Keeper): युनिश थापा – नाइटिङ्गेल एकेडेमी
उत्कृष्ट खेलाडी (Best Player): सुसन मैनााली – आदर्श विद्या मन्दिर
सर्वाधिक गोलकर्ता (Best Scorer): अमिर तामाङ – Innovative Academy
उत्कृष्ट प्रशिक्षक (Best Coach): विक्रम प्रजापति – नाइटिङ्गेल एकेडेमी
समापन समारोहमा विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। आयोजकले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण विद्यालय, प्रशिक्षक, खेलाडी तथा अभिभावकप्रति आभार व्यक्त गरेको छ।
खेलाडीहरूको समर्पण, टिमवर्क र खेलभावनाले प्रतियोगितालाई अविस्मरणीय बनाएको उल्लेख गर्दै आगामी वर्षहरूमा अझ व्यवस्थित र भव्य रूपमा प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता समेत जनाइएको छ।


