

१६ फाल्गुन २०८२ क्वालालम्पुर, मलेसियामा भव्य रूपमा सम्पन्न ग्लोबल अबाकस तथा वैदिक गणित–२०२६ अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा भक्तपुरको सृजनानगरस्थित पाथीभरा एकेडेमी विद्यालयले प्रथम हुन सफल भएको छ ।

पाथिभरा नेपालको शैक्षिक गौरव अन्तर्राष्ट्रिय मञ्चमा उचाल्न सफल भएको छ । उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल, भारत, मलेसिया लगायत विभिन्न देशका प्रतिभाशाली विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।


कार्यक्रममार्फत अबाकस तथा वैदिक गणित शिक्षाको विश्वव्यापी बढ्दो महत्व झल्किएको आयोजकहरूकाे दाबी रहेको छ ।
कार्यक्रम संयुक्त रुपमा South Asian Development Bank Limited (यूके), Ray Foundation (भारत), Pacific Alliance Group (मलेसिया), Bal Bikash NCMAS Pvt. Ltd. (नेपाल), Rays Abacus (भारत) तथा Gurushree Abacus and Vedic Maths (भारत) ले आयोजना गरेका थिए ।
कार्यक्रममा Voice of Asia International News ले आधिकारिक मिडिया सपोर्ट प्रदान गरेको थियो।
कार्यक्रमको अध्यक्षता Dr. Zarif Menonले गरेका थिए भने प्रमुख अतिथिका रूपमा Malaysia Business Chamber Vietnamका पूर्व अध्यक्ष Datuk Dr. M. Shimiको विशेष उपस्थिति रहेको थियो। विशेष अतिथिहरूमा Kaushal Kumar, Azza Rahman, Leslie Charles Albuquerque, Teju Nepal, Dr. R.V. Shyam Prasad, Amol Gawner तथा Avinash Bhise सहभागी थिए।
अध्यक्ष डा. मेननले विद्यार्थीहरूको अद्भुत गति, उच्च एकाग्रता तथा जटिल गणितीय प्रश्न समाधान गर्ने क्षमताको प्रशंसा गर्दै उनीहरूले क्याल्कुलेटर तथा डिजिटल उपकरणलाई समेत पछि पार्ने प्रदर्शन गरेको बताए। उनले अबाकस शिक्षाले गणितीय दक्षता मात्र नभई स्मरणशक्ति, अनुशासन र आत्मविश्वास अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे। आगामी दिनमा थप देशहरूको सहभागितासहित यस्ता अन्तर्राष्ट्रिय प्रतियोगितालाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो।
प्रतियोगिता विभिन्न तह र विधामा सञ्चालन गरिएको थियो, जसमा गति, शुद्धता, एकाग्रता तथा विश्लेषणात्मक क्षमताका आधारमा मूल्याङ्कन गरिएको थियो। अन्तर्राष्ट्रिय स्तरको अबाकस तथा वैदिक गणित पद्धतिअनुसार सहभागी विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए।
यसै क्रममा पाथीभरा एकेडेमी विद्यालय, सृजनानगर भक्तपुरमा कक्षा ६ मा अध्ययनरत विद्यार्थी यसुमन लामाले प्रथम स्थान हासिल गर्दै ऐतिहासिक सफलता प्राप्त गरेका छन्। उनको यो उपलब्धिले विद्यालय मात्र नभई भक्तपुर र समग्र नेपालको शैक्षिक प्रतिष्ठालाई अन्तर्राष्ट्रिय स्तरमा उचाइ दिएको छ।
विद्यालयका प्रध्यानाध्यापक रमेश प्रसाद सिटौलाले यस सफलता विद्यालय परिवारका लागि गर्वको विषय भएको उल्लेख गर्दै विद्यार्थी, अभिभावक तथा शिक्षकहरूको निरन्तर परिश्रम र समर्पणको परिणामस्वरूप यो उपलब्धि सम्भव भएको बताए। उनले भविष्यमा पनि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली विद्यार्थीहरूलाई उत्कृष्ट बनाउन विद्यालय प्रतिबद्ध रहेको स्पष्ट पारे।
कार्यक्रमको सफल सम्पन्नतासँगै अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य थप सुदृढ भएको आयोजकहरूले जनाएका छन्। साथै, अबाकस तथा वैदिक गणित शिक्षाले बालबालिकाको संज्ञानात्मक विकास, तार्किक सोच तथा विश्लेषणात्मक क्षमतामा महत्वपूर्ण योगदान पुर्याउँदै विश्वभर तीव्र गतिमा विस्तार हुँदै गएको उल्लेख गरिएको छ।
यस ऐतिहासिक उपलब्धिसँगै पाथीभरा एकेडेमीले पुनः प्रमाणित गरेको छ—नेपाली विद्यार्थीहरू अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्न सक्षम मात्र होइन, उत्कृष्टता हासिल गर्न पनि अग्रसर छन्।


