काभ्रेपलाञ्चोक- धादिङ जिल्लामा जन्मनुभएको केशव श्रेष्ठ (केवल) वि.स २०७१ साल देखि निरन्तर गीत संगीत क्षेत्रमा लागी रहनु भएको छ । गीत संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल श्रेष्ठ पछिल्लो समयमा निकै व्यस्त देखिनु हुन्छ । गित गाउन देखी लिएर अभिनय गर्न खप्पीस मोडल तथा गायक केशव श्रेष्ठ (केवल) सँग नव क्षितिज साप्ताहिको लागी अरबिन्द्र गौतमले गरेको रमाइलो सांगितिक कुराकानी
अहिले केमा व्यस्त हुनुहुन्छ ?
अहिले गित संगितलाई नै समय दिएको छु ।अनि पार्ट टाईम अन्य काम पनि गदछु।
संगित क्षेत्रमा चर्चा कमाइसक्नु भएको छ । तपाईको संगित क्षेत्रको यात्राका बारेमा बताउन मिल्छ ?
मैले २०७२ देखि नेपाली गित संगित क्षेत्रमा पाईला अगाडी बढाएको हुँ । सुरुवाती दिनहरुमा खासै कोहि पनि चिनेको थिएन । यस क्षेत्रमा खासै मान्छे नचिनेको कारणले गर्दा अघि बढ्न धेरै गाह्रो भएको थिया । चिनेका आँफु भन्दा अग्रजहरुले साथ भन्दा खुट्टा तान्ने प्रबृति थियो । त्यति मात्र होईन अडियो भिडियो निर्माण गर्दा पैसा नै खाईर समेत भागे बिस्तारै आफै बुझ्दै सिक्दै यहाँ सम्म आएको छु ।
कोभिड–१९ को असरले खासै नयाँ म्युजिक भिडियोहरु आएनन् । तर, तपाईंले यही बीचमा कसरि म्युजिक भिडियोहरु निकाल्नुभयो ?
कोभिड–१९ ले गर्दा गित संगितमा लाग्ने ब्यक्तिलाई मात्र नभएर हरेक क्षेत्रलाई असर पु¥याएको छ । विशेष गरेर यस क्षेत्रमा लाग्ने ब्यक्तिलाई धेरैअसर पुगेको छ। यो समयमा एकदम थोरै गित संगित बजारमा आएका छन् किनकी कलाकारको कमाई हुने ठाउँ भने कै स्टेज प्रोगाम अनि दोहोरी साँझ थियो यो पनि कोभिडले गर्दा दुबै बन्द भयो तर हामिले यस समयमा पनि दर्शक श्रोतालाई मध्यनजर गरेर गित बजारका ल्यराएको छौ । लामो समयसम्म दर्शक श्रोता नयाँ स्वादमा मनोरन्जन लिन पाउनु भएको छैन भनेर अहिले गित बजारमा ल्याएका छौ ।
यो क्षेत्रमा आउन चाहाने नयाँ गायक गायिकालाई के भन्न चाहानुहुन्छ?
गित संगितलाई माया गरेर यस क्षेत्रमा आउन चनहने नयाँ गायक गायिकालाई म के भन्न चनहन्छु भने यदि तपाईं संग साच्चिकै कला अनि गला छ अनि यसलाई बाहिर दर्शक श्रोतासम्म ल्याएर आँफ्नो प्रतिभा देखाउन चाहनु हुन्छ भने बुझेर मात्र आउनु होला तर कसैको कुरा सुनेर यति पैसा कमाई हुन्छ भनेर बिश्वास गरेर नआउनु होला भन्न चाहान्छु ।
संगीत क्षेत्रमा प्रेमका गीत धेरै गाइन्छ, तपाईंलाई कतिको आयो प्रेम प्रस्ताव ?
पक्कै पनि अहिले सम्म जति पनि गितहरु बजारमा आएका छन् प्राय प्रेमका गित नै बढि छन् । अब के भन्ने प्रेम प्रस्तावको कुरा गर्नु पर्दा मलाई पनि प्रस्ताव नआएका होइनन् तर म खासै त्यो बिषयमा चासो राख्दिन किनकी अहिले हामी त्यस्तो कुरामा अल्झिने होइन केही गन ुछ केही बन्नु छ ।
गीत संगीतको क्षेत्रमा लागेर पाएको उपलब्धि के हो भन्ने लाग्छ ?
अहिले सम्म गित संगितमा लागेर पाएको उपलब्धि भनेको दर्शक श्रोताको माया हो । म यस क्षेत्रमा पाइला टेक्दा नै पैसा कमाउन भनेर लागेको होइन । भोलि मृत्युु पछि पनि चिनिने माध्यम रहोस भनेर यो क्षेत्रमा लागेको हुँ ।
संगीत संगै अरु के के कार्यमा सक्रिय हुनुहुन्छ ?
गित संगित भनेको मानिसलाई मनोरन्जन दिने साधन हो । अहिले पछिल्लो समय कोभिडले गर्दा देशको विभिन्न ठाँउमा धेरै मानिस काम नपाएर बिहान बेलुका हातमुख जोड्न पाएका छैन यस्तो समयमा हामिहरुको सानो सहयोगले उनिहरुलाई ठूलो राहात मिलेको छ । र मलाई सामाजिक कार्य गर्न पाउदा एकदम आनन्द आउँछ ।
अन्तमा, आफ्ना दर्शक÷स्रोताहरुलाई के भन्नै पर्ने कुरा ?
अन्तमा मेरा भगवानरुपि मेरो दर्शक श्रोतालाई के भन्न चनहन्छु भने हजुरहरुकै मायाको कारण आज म यस ठाँउमा छु आगामी दिनमा यो भन्दा बढि माया गरिदिनुहोला अनि सल्लाह सुझाव दिन नभुल्नुहोला हजुरहरुको सल्लाह सुझावलाई मध्यनजर गर्दै आगामी प्रस्तुति अझ राम्रो लिएर आउने छौ ।