
मानव जीवन आफैंमा सिकाइको चौघेरो हो । जन्मदेखि मृत्युको शैय्या नपुगुन्जेलसम्म सिक्ने क्रम जारी रहने गर्दछ । त्यसैले जीवन सिकाइको धरातलमा कसैको पनि पूर्ण भएको मानिँदैन । सामान्यतया विद्यार्थीहरुले विद्यालयमा सिकेका कुरा घरमा पनि पुनरावलोकन गरुन् सिक्नुपर्ने कुरा खोजून् नियमित अध्ययन गर्ने बानीको विकास होस् भन्ने उद्देश्यले घरमा सम्पन्न गर्न दिइएको कुनै कक्षाकार्यको भहतभलमभम कार्यलाई गृहकार्य भनिन्छ ।

हाम्रा अधिकांश अभिभावक, प्रशासन, विद्यालय व्यवस्थापन समिति आदिको लेख्ने कार्य मात्र गृहकार्य हो भन्ने बुझाइ छ । यो गलत बुझाइ हो । घरमा सम्पन्न गर्ने गरी दिइएको लेख्ने कार्य, पढ्नुपर्ने कार्य, खोज्नुपर्ने कार्य, सोध्नुपर्ने कार्य जे पनि गृहकार्य हुन सक्दछ । गृहकार्यमा जिम्मेवार को को हुन्छन्, गृहकार्य दिनु र दिइएको कार्य विद्यार्थीले सम्पन्न गरे कि गरेनन् जाँच गर्नु शिक्षकको जिम्मेवारी हो भने दिइएका गृहकार्यहरु घरमा सम्पन्न गर्न लगाउनु र सहजीकरण गर्नु अभिभावकको जिम्मेवारी हो । तसर्थ गृहकार्य सम्पन्नतामा शिक्षक र अभिभावक दुवै उत्तिकै जिम्मेवार हुन्छन् ।




गृहकार्य स्मरणका लागि प्रत्येक दिन सबै विषय शिक्षकले दिनुभएको गृहकार्य विद्यार्थीले नसम्झन सक्छन् । तसर्थ विद्यालय र अभिभावको सहभागितामा गृहकार्य पुस्तिका होमवर्क डायरी निर्माण गर्नुपर्दछ र विषय शिक्षकले उक्त डायरी मेन्टेन गर्न लगाउनुपर्छ । विषय शिक्षकले उक्त होमवर्क डायरीमा प्रत्येक दिन आफूले दिएको गृहकार्य विद्यार्थीलाई नोट गर्न लगाउनु पर्दछ । अभिभावकले प्रत्येक दिन होमवर्क डायरी हेरेर के के गृहकार्य रहेछ बुझेर बाबुनानीलाई गृहकार्य गर्न सहयोग गर्नुपर्दछ ।

कतिपयको बुझाइ गृहकार्य कक्षाकोठामा होइन कार्यालयमा कपि ल्याएर परीक्षण गर्नुपर्दछ भन्ने रहेको छ । यो सङ्कुचित बुझाइ हो । गृहकार्य दिनु र परीक्षण गर्नु पनि कक्षाकोठा भित्र गरिने नियमित सिकाइ सहजीकरण प्रक्रिया भित्रकै एक अभिन्न अङ्ग हो । गृहकार्यको सम्पादनका आधारमा विद्यार्थीलाई आवश्यक पृष्ठपोषण दिनुपर्दछ । त्यसैले विद्यार्थीलाई अगाडि नै राखेर वा कक्षाकोठामा नै गृहकार्य परीक्षण गर्नु उपयुक्त हुन्छ । कहिलेकहिँ गृहकार्यमा आधारित भएर नै सिकाइ सहजीकरण क्रियाकलाप सञ्चालन गर्नुपर्ने पनि हुन्छ ।
शिक्षकले रातो मसीले ठिक दिएर र दस्तखत गरेर मात्र गृहकार्य परीक्षण गर्नुपर्दछ र हुन्छ भन्ने छैन । गृहकार्य परीक्षणबाट विद्यार्थीमा केही सिकाइ हुनुपर्दछ । ुसिकाइका लागि गृहकार्यु भन्ने मूल मर्मका साथ शिक्षक र विद्यार्थी मिलेर गृहकार्य परीक्षण गर्न सकिन्छ । गृहकार्यको प्रकृतिअनुसार परीक्षणका लागि विभिन्न तरिकाहरु अपनाउन सकिन्छ ।
लेख्ने खालको गृहकार्य भएमा सबै विद्यार्थीको कपिमा शिक्षकले हेरेर ठिक दिने र दस्तखत गर्ने । कक्षाका उत्कृष्ठ विद्यार्थीहरु र शिक्षक मिलेर कपि परीक्षण गर्ने । गृहकार्यको सम्भावित उत्तर सेतोपाटीमा शिक्षकले लेखिदिने र सबै विद्यार्थीलाई आआफ्नो कपिमा उत्तर मिले नमिलेको जाँच गर्न लगाउने । गृहकार्यको सम्भावित उत्तर सेतोपाटीमा शिक्षकले लेखिदिने र विद्यार्थीको जोडी बनाई एकअर्काको उत्तर मिले नमिलेको जाँच गर्न लगाउने । सबै विद्यार्थीलाई प्रश्नको उत्तर पढ्न लगाउने र पृष्ठपोषण दिने । धेरै प्रश्न भएमा एउटा प्रश्नको उत्तर एक विद्यार्थीलाई भन्न लगाउने र पृष्ठपोषण दिने । पढ्नुपर्ने र कण्ठ गर्नुपर्ने खालको गृहकार्य भएमा कक्षामा भएका विभिन्न क्षमताका विद्यार्थीलाई प्रतिनिधिमूलक प्रश्न सोधी उत्तर भन्न लगाउने । प्रश्न सोध्दा (ए.पी.पी.एल्.ई.) सिद्धान्तलाई अवलम्बन गर्ने । कक्षाका उत्कृष्ट विद्यार्थी हरुबाट सबै विद्यार्थीलाई प्रश्न सोध्न लगाउने । विद्यार्थीको जोडी बनाई एकअर्कालाई प्रश्न सोध्न र उत्तर भन्न लगाउने । कक्षामा सबैभन्दा उत्कृष्ट र कमजोर मानिएका विद्यार्थीलाई प्रश्नको उत्तर भन्न लगाउने र कक्षालाई नै पृष्ठपोषण दिने । अडियोरभिडियो तयार गर्नुपर्ने गृहकार्य भएमा सबै विद्यार्थीको अडियो भिडियो पालैपालो सुन्ने र हेर्ने ।
गृहकार्य दिँदा उक्त कार्य विषयवस्तुसँग सम्बन्धित सिकाइ उपलब्धि हासिलमा सहयोग पु¥याउने हुनुपर्दछ । गृहकार्य विद्यार्थीले बोझका रुपमा लिने खालको हुनुहुँदैन । गृहकार्य विद्यार्थीले अनिवार्य गर्नैपर्ने कार्य हो भनी अवधारणा दिनुपर्दछ । गृहकार्य विद्यार्थीको उमेर, कक्षा तथा स्तरअनुसारको दिनुपर्दछ । विद्यार्थीले विभिन्न पाठ्यपुस्तक पढेर, सामाजिक सञ्जाल, गुगल, युट्युब आदिमा खोजेर, परिवारका सदस्य, छिमेकी तथा अन्य विभिन्न व्यक्तिसँग सोधेर, कुराकानी गरेर, विद्यार्थी आफैँले सोचेर लेख्नुपर्ने वा तयार गर्नुपर्ने गृहकार्य दिनुपर्दछ । गृहकार्य सकेसम्म थोरै र सबै विषयको हुनुपर्दछ । कक्षा १९३ का बाबुनानीलाई एउटै विषयक्षेत्र (थिम) बाट दोहोरिने गरी गृहकार्य दिनुहुँदैन ।
पूर्व प्राथमिक कक्षाका बाबुनानीलाई सकेसम्म गृहकार्य दिनुहुँदैन । दिनै पर्ने भएमा कपिमा लेखेरभन्दा कार्य पुस्तिका (वर्क बुक) तयार गरेर दिँदा उपयुक्त हुन्छ । कार्य पुस्तिका विद्यालय र अभिभावकको सहभागितामा तयार गर्नुपर्दछ । सिकाईलाई तनावग्रस्त बनाइनू हुँदैन । अनुसन्धानले बालबालिकालाई दिइने अतिरिक्त गृहकार्यले उनीहरूमा तनाव सिर्जना गरेको देखाएको छ । किनभने विद्यार्र्थीलाई व्यवस्थापन नै गर्न नसक्ने गरी गृहकार्य दिइयो भने उक्त गृहकार्य पूरा गर्न नसकेमा उनीहरूमा तनाव र चिन्ता बढ्न सक्छ । जसले गर्दा उनीहरूको विकास हुँदै गरेको मानसिकतामा असर पु¥याउन सक्छ । साथै गृहकार्यको तनावले उनीहरूले आफ्नो पढाइबाहेका अन्य कुरामा चासो दिने मौका पाउँदैनन् ।
सिकाई अर्थात गृहकार्यको कारण बालबालिकाको स्वास्थ्य समस्या उत्पन्न हुनु हुँदैन । अध्ययनका अनुसार धेरै गृहकार्य पाउने विद्यार्थी आवश्यकताभन्दा कम सुत्ने र त्यसले गर्दा उनीहरूको टाउको दुख्ने, थकान महसुस गर्ने, निा कम लाग्ने, तौल घट्ने र पेटका समस्या बढ्दै जाने पनि देखाएको छ । अमेरिकामा गरिएको एक सर्वे अनुसार ७२ प्रतिशत विद्यार्थीले गृहकार्यका कारण उनीहरूमा तनाव बढेको बताएका छन् । ६८ प्रतिशत विद्यार्थीले गृहकार्यका कारण पर्याप्त सुत्न नपाएको गुनासो गरेको अध्ययनमा देखाइएको छ । यसले गर्दा विद्यार्थीको स्वास्थ्यमा पनि समस्या सिर्जना गरेको छ ।
गृहकार्यलाई बोझमुक्त गर्न आवश्यक । विशेष गरी प्राथमिक विद्यालयमा पढ्ने बालबालिका विद्यालयबाट घर फर्कंदा निकै थाकेका हुन्छन् । विद्यालयमा उनीहरूले पर्याप्त समय आफ्नो पढाइमा बिताइसकेका हुन्छन् । तसर्थ घरमा उनीहरूलाई पढाइको बोझबाट मुक्त राख्दा मानसिक विकासमा टेवा पुग्ने अध्ययनले देखाएको छ ।
गृहकार्यको नकारात्मक प्रभाव पर्नु हुँदैन । गृहकार्यले विद्यार्थी को पढाइमा उपलब्धि गराउनुको सट्टा यसको बोझले उनीहरूको मानसिकतामा बोझ सिर्जना गरी नकारात्मक प्रभाव पार्न सक्ने अध्ययनले देखाएको छ । अध्ययन भन्छ, विद्यार्थीले कक्षाकोठाको वातावरणमा विभिन्न कुरा सिक्न आवश्यक छ तर विद्यालयभन्दा बाहिरका अन्य गतिविधि अन्वेषण गर्न, साथीहरूसँग समय बिताउन, पारिवारिक बिदामा जान पनि थप आवश्यक रहेको देखाएको छ ।
माथि उल्लेख गरिएका अध्ययन र अनुसन्धानका आधारमा यहाँ पनि प्राथमिक विद्यालयमा सकभर गृहकार्य नदिने प्रावधान राखिएको रहेछ । एक शिक्षकसँगको कुराकानीमा उनले बालकालिका जब ठुलोठुलो कक्षामा जान थाल्छन् । उनीहरूलाई पर्याप्त गृहकार्य दिइने तर प्राथमिक तहमा गृहकार्य दिँदा त्यसले विद्यार्थीको स्तरोन्नतिभन्दा पनि उनीहरूको मानसिकतामा नकारात्मक असर परेका कारण गृहकार्य नदिएको जवाफ पाइएको थियो । साथै अमेरिकामा गरिएका विभिन्न अनुसन्धानले प्राथमिक विद्यालयमा दिइने गृहकार्य र शैक्षिक सफलता बिचमा कुनै सम्बन्ध नरहेको देखाएको छ ।
संस्थागत विद्यालयहरुबाट सरकारी विद्यालयहरुले धेरै कुराको सिको गरिरहेका छन् । नेपालमा पनि खासगरी संस्थागत विद्यालयहरुमा अध्ययन गर्ने प्राथमिक तहका विद्यार्थीलाई तनाव हुने गरी असामान्य रूपमा गृहकार्य दिने परम्परालाई पुनरवलोकन गर्न जरुरी छ । यसका लागि अभिभावकलाई समेत गृहकार्यको बोझ र त्यसले बालबालिकाको मानसिकतामा पार्न सक्ने असरका बारेमा सचेत गराउनु जरुरी छ । त्यसका यो विषयमा सम्बन्धित निकायले थप अनुसन्धान गरी गृहकार्यको बोझलाई कम गर्नका लागि रणनीति बनाउनुपर्ने देखिन्छ ।