काठमाण्डौ,पछिल्लो समय निकै नै ब्यस्त रहेका बिक्रमजंग पुनः मनमा तिमी भन्दै आएका छन् ।
‘मूलको पानी तिर्खामा खाने, हो की तिमीले मायाले ख्यान जाने
मनमा तिमी बनैमा चरी, तिम्रै माया छ मेरो मन भरी’
यसरी मनमा तिमी भन्दै शाह अभिनित नयाँ गीती भिडियो बजारमा आएको छ । ‘मनमा तिमी’ गीती भिडियोमा कलाकार शाहको साथमा जुना कार्की, अमृत खाती, अनु पराजुली लगायतको उत्कृष्ट अभिनय रहेको छ ।
अमृत खाती, रेनुका खतिवडाको सुमधुर स्वर रहेको गीतमा शब्द रेनुका खतिवडाले कोरेकी छिन् । नारायण दंगालको संगीत रहेको गीतको भिडियोको निर्देशन मिलन श्रेष्ठले गरेका छन् ।
भिडियोका उत्कृष्ट दृश्य सन्तोष तिमल्सिनाले खिचेका छन् । कविता तोलाङ्गीको श्रृङ्गार रहेको छ भने कलर र सम्पादन रोशन धितालले गरेका छन् । मिलन फिल्मस्को अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गीत निकै नै उत्कृष्ट बनेको छ ।
‘दुई मुटुमा एक धड्कन चलोस्, डाह गर्नेहरुको मन जलोस्,’
‘मैले शंका गरेकी हैन, तिमी बाहेक मुटुमा को ही छैन’

खतिवडाले उत्कृष्ट शब्द चयन गर्दै गीतमा माया प्रेमका रस मिसाइकी छिन् । गीतमा पे्रमिल जोडीको भावनालाई उजागर गरिएको छ । उत्कृष्ट शब्द, संगीत स्वरका साथै भिडियो दमदार बनेको छ । भिडियो सार्वजनिक भएको छोटो समय मै गीतले राम्रो भ्युज अनि प्रतित्रिया पाइसकेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस्

 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..