काठमाडौँ, राजन थापा असार २१– ॐ समाज डेन्टल अस्पताल र स्तुपा कम्युनिटी अस्पतालको संयुक्त आयोजनामा हरेक महिनाको तेर्सो हप्तामा नियमित रूपमा सञ्चालन गरिँदै आएको निःशुल्क स्वास्थ्य शिविर आज काठमाडौँको चाबहिल क्षेत्रमा सम्पन्न भएको छ।
शिविरमा दन्त तथा सामान्य स्वास्थ्य परीक्षण गरिनुका साथै विभिन्न उमेर समूहका सयौं सेवाग्राहीहरूले निःशुल्क उपचार सेवा पाएका छन्। ॐ समाज डेन्टल अस्पतालका अनुसार शिविरमा १०२ जनाको दाँत परीक्षण, २६ जनाको दाँत सफा, र १४ जनाको दाँत निकाल्ने कार्य सम्पन्न गरिएको थियो।
शिविरमा बालबालिका देखि वृद्धवृद्धासम्मको उल्लेखनीय उपस्थिति देखिएको थियो। उपचारपछि सहभागीहरूका अनुहारमा देखिएको सन्तुष्टि र खुसीले शिविरको प्रभावकारिता स्पष्ट देखाएको थियो।
स्तुपा कम्युनिटी अस्पतालको सेवा
स्तुपा कम्युनिटी अस्पतालको तर्फबाट रक्तचाप, सुगर परीक्षण तथा प्राथमिक स्वास्थ्य परामर्श सेवा प्रदान गरिएको थियो। क्याम्प प्रमुखका अनुसार सयौं सेवाग्राहीहरूले सामान्य स्वास्थ्य परीक्षण गराएका थिए।
स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता
शिविरमा सहभागी भएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू:
ॐ समाज डेन्टल अस्पतालबाट डा. ममता भुजेल डीसीए कामना तामाडा. इन्दिरा भट्टराई सन्तोषी बस्नेत मनुबल राना सिर्जना मगर
जुनु पण्डित
स्तुपा कम्युनिटी अस्पतालबाट डा. समता कोइराला डा. विद्यानन्द यादव ANM रोजिना बमजन वेनुका श्रेष्ठ (STD विभाग) टेङ्गा तामाङ (STD विभाग)दुबै अस्पतालका क्याम्प प्रमुखहरूको विशेष उपस्थिति रहेको शिविरमा, उनीहरूले यस्ता कार्यक्रमले समुदायमा स्वास्थ्य चेतना अभिवृद्धि गर्न तथा उपचार सेवामा पहुँच बढाउन ठूलो सहयोग पुर्याउने विश्वास व्यक्त गरे।आगामी योजना
संयुक्त आयोजक संस्थाहरूले प्रत्येक महिनाको तेर्सो हप्तामा यस्ता निःशुल्क स्वास्थ्य शिविरलाई निरन्तरता दिने र स्थान परिवर्तन गर्दै विभिन्न बस्ती तथा वडामा पुगी सेवा विस्तार गर्ने जानकारी गराएका छन्।