
बनेपा – काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति तथा प्राध्यापक डा. सुरेशराज शर्माको ८६ वर्षको उमेरमा निधन भएको छ। उहाँको बुधबार काठमाडौँस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

काठमाडौँ विश्वविद्यालयको स्थापना र विकासमा लामो समय महत्वपूर्ण योगदान दिनुभएका डा. शर्माले विश्वविद्यालयको नेतृत्वसँगै प्राध्यापन क्षेत्रमा समेत निरन्तर योगदान पुर्याउनुभएको थियो। उहाँ हालसम्म पनि प्राध्यापनमा सक्रिय रहनुभएको थियो।
बिज्ञापन

डा. शर्माको निधनले शिक्षा तथा विश्वविद्यालय क्षेत्रले एक अनुभवी शिक्षाविद् गुमाएको छ।



