भक्तपुर/नेशनल प्याव्सन भक्तपुरले अायाेजना गरेको जुनियर फुटसल प्रतियोगिताकाे क्वाटर फाइनलमा मदरल्याण्ड र क्वालिटी स्कुल भिड्ने भएकाे छ ।
एन प्याब्सनको अन्तर विद्यालय जिल्लाव्यापी जुनियर फुटसल प्रतियोगितामा लिग चरणका खेल सम्पन्न भई क्वाटर फाइनल मा ८ विद्यालय पुगेको हाे । नेशनल प्याव्सन भक्तपुरमा रहेका सदस्य विद्यालहरुको कक्षा ५, ६ र ७ मा अध्ययनरत छात्रहरु सहभागी जुनियर फुटसल प्रतियोगिताकाे नेशनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले बल हस्तान्तरण गरी उदघाटन गरेका थिए ।

लिग चरणको खेलबाट क्वाटरफाइनलमा प्रवेश गर्ने स्कुलहरुमा समूह ‘ए’ बाट आरक्षण नेशनल एकेडेमी र मदरल्याण्ड स्कुल, समूह ‘बी’ बाट क्वालिटी स्कुल र पारागन एकेडेमी, समूह ‘सी’ बाट एसएस सदन र युनिटी स्कुल, समूह ‘डी’ बाट इडेन गार्डेन स्कुल र ग्लीटर फ्युचर स्कुल रहेका छन् ।

क्वाटर फाइनल खेलहरु मदरल्याण्ड विरुद्ध क्वालिटि, अाकर्षण विरुद्ध पारागन, एसएस सदन विरुद्ध ग्लिटर फ्युचर र इडन गार्डेन विरुद्ध युनिटी खेल्नेछन् ।

कार्यक्रम संयोजक सुमन शिल्पकारले सदस्य विद्यालयहरुको लागि विविध कार्यक्रम गर्दै आएको बताए । फुटसल प्रतियोगिताको समापन एवं पुरस्कार वितरण समारोह नेशनल प्याव्सनका नवनिर्वाचित राष्ट्रिय अध्यक्ष पाण्डब हमालकाे प्रमुख अातिथ्यतामा सम्पन्न हुने शिल्पकारले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..