बनेपा – काभ्रे टाइम्स साप्ताहिकका कार्यकारी सम्पादक सामुदायिक रेडियो प्रसारक संघ काभ्रे संयोजक रमेशप्रसाद न्यौपाने थाइल्याण्ड प्रस्थान गर्नु भएको छ । न्यौपाने एसिया प्रसान्त क्षेत्रको सामुदायिक रेडियोहरुको छाता संगठन अमार्क एसिया प्यासिफिकको २०२३ सेप्टेम्बर २७ – ३० तारिक सम्म थाइल्याण्डको बैंककमा हुने सम्मेलनमा भाग लिन जानुभएको हो ।

एसिया प्रसान्त क्षेत्रका नेपाल सहित ४८ वटा देशहरुका सामुदायिक रेडियोहरुले सहभागीता जनाउने कुरा अमार्क एसिया प्यासिफिकका उपाध्यक्ष सुवास खतिवडाले जानकारी दिनुभयो । विगत २४ वर्षदेखि सञ्चार कर्ममा क्रियाशिल पत्रिकाका कार्यकारी सम्पादक पत्रकार न्यौपाने रेडियो एसवसी एफएम ८९.८ मेगाहर्जका स्टेशन म्यानेजर र सामुदायिक रेडियो प्रसारक संघ अकोराब जिल्ला समिति काभ्रेका संयोजकको जिम्मेवारीमा रहेर कार्य गर्दै आउनुभएको छ । असोज ८ गतेबाट एक साता १५ गते नेपाल फर्कने कार्यक्रम तय भएको छ ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly