काभ्रे । ‘ट्राफिक प्रहरीको आब्हान, सुरक्षित र सहज आवागम, ट्राफिक नियमको पालना गरौ, सभ्य नागरिकको परिचय दिऔं’ भन्ने मूलनारा सहित काभ्रेमा ट्राफिक सप्ताह २०८० जारी रहेको छ ।

जिल्ला ट्राफिक कार्यालय काभ्रेका प्रमुख जनार्दन घिमिरेका अनुसार गत माघ २५ बिहिबारबाट शुरु भएको ट्राफिक सप्ताहले विभिन्न जनचेतना मूलक कार्य सहित फागुन २ गतेसम्म एकसाता लामो चल्ने जानकारी दिए । आज (आईतबार) सवारी चालकहरुसँग पाँच मिनेट ओभरटेक गर्नेको विधिको प्रशिक्षण, तिव्र गतिमा सवारी साधन चलाउने चालकहरुलाई प्रशिक्षण दिएर सकिएको उनको बताए ।

बिहीबारबाट शुरु भएको ट्राफिक सप्ताहको पहिलो दिन प्रभातफेरी गरिएको र प्रभातफेरि अघि काभ्रे भएर चल्ने लामो दुरीका सवारी साधनहरुमा ट्राफिक सचेतनाको ब्यानर तथा स्टिकर टाँस गरिएको शुरुवात गरिएको प्रमुख घिमिरेले जानकारी दिए । उनका अनुसार शुक्रबार माघ २६ गते स्वंयसेवक मार्फत काभ्रेमा सडक प्रयोगकर्ताहरुलाई बाटो काट्न सिकाउने कार्यक्रम गरेको र त्यस्तै चेतनामूलक स्टिकर टाँस गर्ने, पर्चा पम्लेट वितरण गरिएको उनले बताए ।

शनिबार ग्रामीण सडक लक्षित कार्यक्रम, भाडा अनुगमन, माक्स वितरण र सिट क्षमता भन्दा बढि यात्रु अनुगमन गरिएको बताए । भोलि माघ २९ गते सोमबार विद्यार्थीहरुलाई ट्राफिक सचेतना कार्यक्रम गर्ने कार्यतालिका रहेको छ । आमा समुह टोल सुधार समिति र युवा क्लवहरुलाई समेत ट्राफिक सचेतना मार्फत सचेत गर्ने फागुन १ गते मंगलबार चालक तथा सह चालकहरुको स्वास्थ्य परीक्षण तथा सवारी साधनहरुको यान्त्रिक परीक्षण गर्ने र फागुन २ गते बुधबार ट्राफिक सप्ताहको उपलब्धी र प्रभावकारिताको बारेमा संचारकर्मी लगायत सरोकारवालाबीच अन्तरकृया गरिने घिमिरेले जानकारी दिए ।

एकसाता लामो ट्राफिक प्रहरी सप्ताहको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले उद्धघाटन गरेकी थिईन् । कार्यक्रमको उद्धघाटन गदै प्रजिअ शर्मालेट्राफिक सचेतनाले दुर्घटना न्यूनिकरणसँगै विद्यालय तहसम्म ट्राफिक शिक्षा प्रदान गर्न सहयोग पुग्ने बताईन् । प्रहरी, सुरक्षा निकायको प्रयासले मात्रै दुर्घटना न्युनिकरण नहुने भएकाले सबैको साझा प्रयत्नबाट दुर्घटना न्यूनिकरणलाई सबैको साथ र सहयोग चाहिने उनले बताईन् ।

कार्यक्रममा प्रदेश प्रहरी कार्यालय बनेपाका प्रमुख एसएसपी किसनसिं थापाले सबैको साझा प्रयासले मात्रै दुर्घटनामुक्त सडकको कल्पना गर्न सकिने बताए । स्कूल तहमै ट्राफिकको बारेमा ज्ञान दिएमा त्यसले परिवारसम्म ट्राफिक शिक्षा पुग्ने उनको भनाई थियो ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..