काभ्रेपलान्चोक – कुशादेवीमा बोका खसी चोर्ने समुहलाई स्थानीयले समाएर प्रहरीलाई बुझाएका छन् । बिहीबार बिहान ३ बजे पनौती नगरपालिका वडा नं ३ कुशादेवीमा बा. २ ज. ४३२७ नं.को ट्याक्सीमा एउटा कालो बोका सहित चोरलाई स्थानीयले फेला पारेका थिए ।
पनौती नगरपालिका वडा नं. ३ कुशादेवीको रित प्रसाद सापकोटाको घरबाट बोका चोरी ल्याएको र जिल्ला रामेछाप मन्थली नगरपालिका वडा नं. ५ सुनारपानी घर भई हाल जिल्ला काठमाण्डौं पेप्सीकोलामा रहेको रामेछाप उदयपुर मासु पसलका संचालक बर्ष ४३ को दिल बहादुर कार्कीलाई बेच्न हिडेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।
काभ्रेपलाञ्चोकको विभिन्न आठ स्थान र भक्तपुरको १७ स्थानबाट चार वटा बोका र ३६ वटा खसी चोरी गरेको अनुशन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीले जिल्ला रामेछाप दोरम्बा १ घर भई हाल भक्तपुर जिल्ला सूर्यविनायक वस्ने वर्ष २४ को सुमन तामाङ । (ट्याक्सी चालक),सोही स्थान घर भई हाल भक्तपुर जिल्ला मध्यपुर ठिमी बस्ने वर्ष ४० को मिलन तामाङ, जिल्ला रामेछाप मन्थली नगरपालिका वडा नं. ५ सुनारपानी घर भई हाल जिल्ला काठमाण्डौं पेप्सीकोलामा रामेछाप उदयपुर मासु पसल सञ्चालन गर्ने वर्ष ४३ को दिल बहादुर कार्की मासु पसल सञ्चालकलाई नियन्त्रणमा लिएको छ ।

विगत केहि समय यता भक्तपुर तथा काभ्रेपलाञ्चोक जिल्लाको पनौती न।पा। १ र ३ वडाका बिभिन्न स्थानबाट रातिको समयमा खसिबोका चोरी भएको सुचना प्रहरीलाई आएको थियो । सोही सूचनाको आधारमा खटिएको प्रहरी टोलीले आशापुरी स्थित सडक खण्डमा बा २ ज ४३२७ नम्बरको ट्याक्सीमाथि शंका लागि चेकजाँच गर्दा डिकिमा ३० केजिको कालो रंगको बोका एउटा फेला पारी सोधपुछ गर्दा वडा नं ३ स्थित कुशादेवीबाट चोरी गरि ल्याएको खुल्न आएको हो । चोरीमा संलग्न ट्याक्सी चालक जिल्ला रामेछाप दोरम्बा वडा नं ४ बस्ने कमानसिं तामाङको छोरा वर्ष २४ को मिलन तामाङ र ऐ वडा नं ७ बस्ने सिंमान तामाङको छोरा वर्ष ४० को सुमन तामाङलाई पक्राउ गरी काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट चोरी मुद्धा शिर्षकमा म्याद थप अनुमती प्राप्त भई अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

निजहरुले चोरी गरेको खसिबोका किनेको भन्ने खुल्न आएपश्चात जिल्ला रामेछाप मन्थली (५ बस्ने दिल बहादुर कार्कीको छोरा वर्ष ४३ को देवी बहादुर कार्की उपर समेत अनुसन्धान भइरहेको जनाएको छ । – काभ्रे हेडलाइन बाट

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..