भक्तपुर : भक्तपुरमा तास खेलिरहेको अवस्थामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार, काभ्रेको रोशी गाउँपालिका-६ का ३९ वर्षीय पूर्णसिंह लामा र उनका अन्य साथीसहितलाई शनिबार साँझ पक्राउ गरिएको हो। लामा सूर्यविनायक नगरपालिका-८ मा डेरा गरी बस्दै थिए। प्रहरीले भने, लामा र उनका साथीसँग नगद २२,२२५ रुपैयाँ र एक बुक तास बरामद गरेको छ।
ब्रेकिङ न्युज

