मनोज श्रेष्ठ गोर्खाली द्वारा एनआरएनए युवा संयोजकमा उम्मेद्वारी
काभ्रेपलान्चोक - गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) सदस्य मनोज कुमार श्रेष्ठ ‘गोर्खाली’ले आगामी कार्यकालको लागि युवा संयोजक पदमा उमेद्वारी घोषणा गरेका छन् ।
गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/आइसीसी) को केन्द्रीय निर्वाचन भर्चुअल माध्यमबाट आगामी अक्टोबर २३ देखि २५ तारिक सम्म हुने तय भएको छ । केन्द्रीय चुनावको गर्मी अहिले संसारभर नै बढ...